☰ open Loading... 15 January 2025|  

डोजर नियन्त्रणमा लिन टोली परिचालन
  | २१ मंसिर २०७३, मंगलवार १७:२९

जिल्लाका पहाडी तथा चुरे क्षेत्रमा मनपरी सडक निर्माण गरेको भन्दै रोक्न टोली परिचालन भएको छ । नियम विपरीत सडक खन्न धमाधम डोजरको प्रयोग भइरहेकोले डोजरलाई नियन्त्रमा लिन जिल्ला वन कार्यालयको टोली चुरे क्षेत्रमा परिचालन भएको हो ।

dozer-1
प्रारम्भिक वातावरणीय परीक्षण बिना नै धमाधम सडक खन्ने काम भइरहेको समाचार स्थानीय सञ्चारमाध्यममा आएपछि जिल्ला वन कार्यालय कैलालीको टोली चुरे क्षेत्रतर्फ गएको बताइएको छ ।

चुरे क्षेत्रमा सडक खन्न गैरकानूनी रुपमा डोजरको प्रयोग भइरहेको जानकारी पाउने बित्तिकै ईलाका वन कार्यालय मसुरियाका सहायक वन अधिकृत ता हुसेन मिक्रानीको नेतृत्वमा शसस्त्र वन रक्षकसहित १५ जनाको टोली चुरे क्षेत्रमा पठाइएको वन अधिकृत रमेशबहादुर चन्दले जानकारी दिए ।

चुरे क्षेत्रमा प्रारम्भिक वातावरणीय परीक्षण बिना जथाभावी रुपमा भइरहेका सडक खन्ने काम रोक्न जिल्ला वन कार्यालयले अभियान नै थाल्ने दावी उनको छ ।

यस वर्ष स्थानीय यातायात पूर्वाधार क्षेत्र कार्यक्रम अन्तर्गत विभिन्न १० वटा सडकमा कम्तीमा १० लाख रुपैयाँदेखि अधिकतम २५ लाख रुपैयाँ गरेर जिल्लामा १ करोड ४९ लाख रुपैयाँ छुट्याइएको छ । यीमध्ये ८ वटा सडकहरु चुरे क्षेत्रमा पर्छन् ।