☰ open Loading... 20 April 2024|  

करातेतर्फका खेलाडी छनाैट गर्न प्रतियाेगिता शुरू
  | २१ मंसिर २०७३, मंगलवार १८:०४

पूर्वाञ्चलमा हुने सातौं राष्टिय खेलकुद प्रतियोगिताका लागि करातेको मध्यपश्चिमाञ्चल क्षेत्रीय छनौट प्रतियोगिता मंगलवारदेखि सुर्खेतमा सुरु भएको छ । प्रतियोगिताको आइतवार नेपाल कराते महासंघका मूख्य सहायक प्रशिक्षक दोर्जेकुमार लामाले उद्घाटन गरेका हुन् ।

karateप्रतियोगिताको उद्घाटन खेलमा महिला र पुरुष एकल कातातर्फका खेलहरु भएका छन् । जस अन्तर्गत महिला एकल कातामा प्रथम हुँदै सुर्खेतकी रुपा राना राष्टिय खेलकुद प्रतियोगिताका लागि छनौट हुन सफल भएकी छिन् । उक्त विधामा सल्यानकी अन्जना गिरी द्धितिय तथा दैलेखकी हेमा खड्का र दाङकी सुप्रिया मल्ला तृतिय भएका छन् ।

त्यसैगरी मंगलवार नै भएको पुरुष एकल कातातर्फ बाँकेका युवराज सिंह प्रथम हुँदै राष्टिय प्रतियोगिताका लागि छनौट हुँदा सल्यानका चुडामणि केसी दोस्रो र रुकुमका अर्जुन खत्री तेस्रो भए । प्रतियोगिता मंसिर २३ गतेसम्म सञ्चालन हुने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य अर्जुनजंग शाहीले जानकारी दिए ।