☰ open Loading... 23 December 2024|  

सुर्खेतमा शारिरीकभन्दा मानसिक हिंसाका घटना धेरै
  | २२ मंसिर २०७३, बुधबार १७:०६

सुर्खेत जिल्लामा महिला तथा बालबालिकाहरु माथि हुने हिंसाका घटनाहरुको प्रकृति भने फेरिएका छन् । शारिरीक पीडाले विछिप्त हुने महिला तथा बालबालिकाहरुले पछिल्ला वर्षमा मानसिक हिंसाका घटनाहरू धेरै हुने गरेकाे स्थलगत रिपोर्टले देखाएको हो ।

शारिरीक रुपमा वर्षेनी महिला तथा बालबालिकाहरुले हिंसा सहदै आएपनि हाल मानसिक रुपमा हिंसा बढी  भोग्ने गरेकाे आवाज संस्था सुर्खेतले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

1

स्राेत अावाज संस्था सुर्खेत

महिला तथा बालकालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाले सार्वजनिक गरेको पछिल्लो तीन वर्षको तथ्याङ्कमा शारिरीक यातना भन्दा मानसिक यातना भोग्नेहरुको संख्यामा वृद्धि भएको छ ।

सन् २०१४ देखि २०१६ को नोभेम्बर अन्तिमसम्मको तथ्याङ्कमा क्रमश शारिरीक हिंसामा ओरालो लागेको छ । सन् ०१४ र ०१५ मा ६२-६२ वटा घटना भएका थिए । तर सन् २०१६ को अन्तिमसम्म आइपुग्दा आधा घटेर २९ मा झरेको छ ।

press-meet
संस्थाले गरेका हालसम्मका गतिविधिबारे जानकारी दिँदै अावाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाही ।

हिंसाका प्रकृति फेरिएपनि सुर्खेतका महिला तथा बालकालिकाहरुले मानसिक रुपमा हिंसा सहन बाध्य भएको आवाज संस्थाको तथ्याङ्कले पुष्टि गरेको छ ।

सन् २०१४ मा एकसय जना महिला तथा बालकालिकाहरुले मानसिक हिंसा खेप्नु परेको आवाज संस्था सुर्खेतका कार्यकारी निर्देशक पवित्रा शाहीले जानकारी दिईन् ।

उनका अनुसार यो संख्या सन् २०१५ मा १६ ले घटेर ८४ मा झरेको थियो । तर सन् २०१६ मा ३९ ले घटेर ४५ जना महिला तथा बालबालिकाले मानसिक पीडा भोग्नु परेको कार्यकारी निर्देशको शाही बताउँछिन् ।

शारिरीक हिंसामा कुटपीट र अंगभङ्गका घटनामा कमि आएपनि यहाँका महिला तथा बालकालिकाहरुले मानसिक रुपमा घर निकाला, वास्ता नगर्ने, गालिगलौज र स्वीकार नगर्ने कार्यको शिकार हुने गरेको छन् ।

सुर्खेतका अधिकाँश महिला तथा बालबालिकाहरुले आर्थिक, यौनजन्य, सम्वन्ध विच्छद, बहुविवाह, बालविवाह, बेचविखन तथा ओसारपसार र बोक्सी आरोप जस्ता हिंसाका घटनाहरु सहनु परेको कार्यकारी निर्देशक शाहीले जानकारी दिइन् ।

ब्राह्मण, क्षेत्री र ठकुरी हिंसाका घटना बढी

सुर्खेतमा अधिकाँश महिला तथा बालबालिकाका माथि हुने हिंसाका घटनामा अन्य जातिभन्दा ब्राह्मण, क्षेत्री र ठकुरी समुदायबाट बढी हुने गरेको छ ।

तीन वर्षको तथ्याङ्क यस्तो छ ः–

2

स्राेत अावज संस्था सुर्खेत

यी समस्या भोग्न बाध्य छन् सुर्खेतका महिला तथा बालकालिकाहरु ः

आर्थिक हिंसामा
खान लाउन नदिने
घर, जग्गा जमिन, पैसा, माल सामना हक नदिने
यौनजन्य हिंसामा
जवरजस्ती करणी तथा उद्योग
यौन जन्य दूव्र्यहार
विविध हिंसामा
सम्वन्ध विच्छेद
बहुविवाह
बालविवाह
बेचबिखन, ओसरपसार
बोक्सीको आरोप
विवाह पश्चत अलपत्र छाड्ने
अभिभावक विहीन
महिला तथा बालबालिका हराउने
नागरिकता सम्वन्धि हिंसा

मानवअधिकार, अशलशासन र जीविकोपार्जका क्षेत्रमा काम गर्दै आएको आवाज संस्थाले महिला तथा बालबालिकाको न्यायमा पहुँच अभिवद्धि कार्यक्रम सञ्चालन गरेको जानकारी दिएको छ ।

संस्थाले विगतदेखि नै ग्रामिण समुदायका महिलाहरुको प्रजनन् स्वास्थ्य अधिकारमा प्रर्वद्धन, लैङ्गिक हिंसा नियन्त्रण तथा व्यवस्थापन, उद्यम विकास, जीवन सुधार, आपतकालिन गृह सञ्चालन, बाल हेल्पलाइन जस्ता कार्यक्रम सञ्चालन गरिरहेको कार्यकारी निर्देशक शाहीले बताईन् ।

उनका अनुसार हिंसामा परेको महिला तथा बालबालिकाहरुलाई कानूनी परामर्श, समुदायस्तरमा जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।