☰ open Loading... 23 December 2024|  

जेसीबीको नयाँशाखा सुर्खेतमा
  | २२ मंसिर २०७३, बुधबार १७:३६

नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सुर्खेतमा नयाँ ‘थ्रि एस’ शाखा सुरु गरेको छ । यहाँबाट ग्राहकले विश्वस्तरीय सेल्स, सर्भिस र स्पेयर सुविधा पाउनेछन् । मध्यपश्चिम विकास क्षेत्रमा जेसीबी मेसिनहरुको बढ्दो मागलाई सम्बोधन गर्न जेसीबीले यहाँ नयाँ शाखा विस्तार गरेको हो ।

jcb
सुर्खेतको मुख्य क्षेत्र खजुरा चोकमा अवस्थित नयाँ शाखाको उद्घाटन बुधबार गरिएको छ । सुर्खेतमा शाखाविस्तारसँगै एमएडब्लु अर्थमुभर्सले देशभरका काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ ।

नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र loadall लगायत उत्पादन बजारमा छन् । इन्धनको कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएकाले यी मेशीनहरुको पछिल्लो समय लोकप्रियता बढ्दैछ । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको प्रालीको दावी छ ।

एमएडब्लु अर्थमुभर्सले केही साताअघि जेसीबीलाइ भलिंकप्रविधि नेपालमा ल्याएको थियो । यो प्रविधिमार्फत् मेसिनलाई टाढैबाट निगरानी र नियन्त्रण गर्न सकिन्छ । जेसीबीलाइ भलिंकले जेसीबी मेसिनको सर्भिस, संचालन र सुरक्षा (एसओएस)बारे महत्वपूर्ण सूचना दिन्छ ।

यसले मेसिनचलेको समय, इन्धनखपत, इन्धनको मात्रा र इन्जिन माथिको भारबारे समेत जानकारी दिन्छ जसले गर्दा कम संचालन खर्चमा पनि उत्पादकत्वलाई बढाउँछ ।