☰ open Loading... 7 September 2024|  

सुदूरपश्चिम पुगेर प्रधानमन्त्रीले भने “संशाेधन प्रस्ताव फिर्ता हुँदैन”
  | २२ मंसिर २०७३, बुधबार १७:५३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैको सहमतिमै आफूले दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बएका छन् । धनगढीमा बुधबारदेखी शुरू भएकाे ११ अाैं सुदूरपश्चिम क्षेत्रीय महोत्सवको उद्घाटन गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीको सहमतिमा संशोधन प्रस्ताव ल्याएको दावी गरेका छन् ।

सहमतिमै संशोधन प्रस्ताव आएकोले विरोधको औचित्य नरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले राष्ट्रलाई एकताबद्ध गराउनका लागि संशोधन प्रस्ताव दर्ता गरिएको भन्दै त्यो पास हुने दावी गरे । प्रधानमन्त्री दाहालले संशोधन प्रस्तावप्रति चित्त नबुझेका दल तथा पक्षलाई छलफलका लागि आह्वान समेत गरेका छन् ।

उनले आन्दोलनरत मधेसी, थारु, आदिवासी जनजाति लगायत असन्तुष्ट पक्षको संविधानप्रति स्वीकार्यता बढाएर स्थानीय निकायको निर्वाचन र संविधान कार्यान्वयनतर्फ सरकार अग्रसर रहेको बताए ।

mahotsab

सुदूरपश्चिाञ्चल क्षेत्रको तीव्र विकास नभएसम्म नयाँ नेपाल नबन्ने बताएका उनले यस क्षेत्रको विकासका लागि सरकारले आवश्यक पूर्वाधार निर्माण, कर तथा विद्युतमा सहुलियत गर्ने भनाइ राखे ।

कैलालीको हरैयालाई विशेष आर्थिक क्षेत्र बनाउन तथा खुटियादेखि माथि ताक्लाकोटसम्मको द्रुतमार्ग खोल्नका लागि सरकारले विशेष पहल गर्ने उल्लेख प्रधानमन्त्रीकाे छ । दाहालले कैलालीसंग जोडिएको गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा स्तरोन्नति गर्नका लागि आफूले भारत भ्रमणको क्रममा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसंग गम्भीर रुपमा छलफल चलाएको र त्यो संयुक्त बक्तव्यमा पनि उल्लेख भएको जानकारी दिए ।

दोधारा चाँदनी सुख्खा बन्दरगाह, पञ्चेश्वर परियोजना निर्माणका लागि छलफल अगाडि बढाइएको बताउँदै प्रधानमन्त्रीले चमेलिया जलविद्युत आयोजना पनि निर्धारित समयमै सम्पन्न हुने बताए ।

प्रधानमन्त्री दाहालले पश्चिम सेती जलविद्युत आयोजना निर्माणको कार्य अगाडि बढेको उल्लेख गर्दै खप्तड तथा रामारोशनमा पर्यटकीय क्षेत्रको विकासका लागि प्रोत्साहन र सहुलियत प्रदान गरिने अाश्वासन देखाए । उनले जडिबुटी उद्योग स्थापनाको साथै विदेशबाट आएको विप्रेषणलाई औद्योगिक विकासमा लगाउने कार्यलाई सरकारले प्राथमिकता दिने बताए ।