अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख जगंवहादुर डाँगीले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको नीतिलाई व्यवहारमा लागु गर्नु आजको प्रमुखदायित्व रहेको बताएका छन् ।
भ्रष्टाचार विरुद्भकाे अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयले वीरेन्द्रनगरमा गरेको खुल्ला कबिता प्रतियोगीताका कार्यक्रमको समापन समाराेहमा बाेल्दै प्रमुख डाँगीले भ्रष्टाचार सुशासन, कानूनी राज्यतथा राष्ट्र विकासको मुख्य चुनौतिको रुपमा रहेको बताएका छन् ।
उनले भ्रष्टाचार विरुद्धको राष्ट्रिय प्रतिवद्धता र अभियानलाई अझ बढी सशक्त ढंगले अघि बढाउनु पर्ने देखिएकाले कमी कमजोरीलाई हटाइ आवश्यक सबै व्यवस्था गर्दै जाने हो भन्ने केही मात्राम भ्रष्टाचार नियन्त्रण हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमा साहित्यकार डा. दिपक गौतमले भ्रष्टाचार विरुद्ध सबै क्षेत्र, सरकारी तथा अन्य निकायहरु र राजनीतिक दल लगायत समाजका सबै वर्गले हातेमालो गर्नुपर्ने बताए ।
कार्यक्रममा खुल्ला कबिता प्रतियोगीतामा प्रबिन कुमार आचार्य प्रथम, सुमित्रा वली दाेस्राे, यामुना कुमारी उपाध्या तेस्राे भएका छन् । बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लाबाट प्रतियाेगितामा १४ जनाले सहभागीता जनाएका थिए । पुरस्कार अख्तियारको अन्तराष्ट्रिय दिवस (मंसिर २४ गते) का अवसरमा प्रदान गरिने कार्यलयले जनाएको छ ।