☰ open Loading... 16 September 2024|  

निर्माण व्यावसायीकाे अगुवाइमा रक्तदान
  | २३ मंसिर २०७३, बिहीबार ११:१०

blodनेपाल निर्माण ब्यवसायी महासंघ स्थापनाको २५ बर्षको उपलक्ष्यमा बुधवार रक्तदान कार्यक्रम गुलरियामा सम्पन्न भएको छ । मंसिर २२ गते रजत जयन्ती तथा ९ औँ निर्माण दिवसको अवसर पारेर र यस क्षेत्रमा रगतको अभावलाई मध्यनजर गरि थोरै भए पनि केहि अभाव कम गर्नका लागी हामी सबै निर्माण व्यावसायी मिलेर रक्तदानको आयोजना गरिएको जानकारी निर्माण ब्यवसायि संघ बर्दियाका अध्यक्ष भेषराज पौडेल(भरत)ले बताए ।

सामाजिक दायित्वलाई निर्भाव गर्दै यस्ता सामाजिक किसिमका कार्यक्रमहरु यस निर्माण व्यावसायीले गर्दै आएको अव आउने दिनहरुमा समेत गर्ने अध्यक्ष पौडेलले भने ।

उक्त रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए ।