☰ open Loading... 14 March 2025|  

दुर्गमको विद्यालयलाई जग्गादान
  | २३ मंसिर २०७३, बिहीबार ११:३९

बैतडी जिल्लाको पुरचौडी क्षेत्रमा पर्ने कोटिला गाविसका एक स्थानीय व्यक्तिले गाउँको विद्यालयलाई निःशुल्क जग्गादान गरेका छन् ।कोटिला–३ मनबस्तीमा रहेको जय निरपाल प्राथमिक विद्यालयलाई स्थानीयवासी दली ऐरले एक रोपनी जग्गादान गरेको विद्यालयका शिक्षक रामसिंह ऐरले राससलाई जानकारी दिए ।

कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा भवन नहुँदा पढाइ प्रभावित हँुदै आएकाले दान गरेको जमिनमा विद्यालय भवन निर्माण गरिने उनले बताए ।

विद्यालयमा चारवटा मात्रै कोठा रहेको र तिनीहरु पनि जीर्ण अवस्थामा रहेका बताइएको छ । उक्त विद्यालयमा ५५ छात्रा र ३८ छात्र गरी कुल ९३ जना विद्यार्थी अध्ययन गरिराख्नुभएको छ । जग्गादान गर्नुहुने दली ऐरलाई विद्यालयले विशेष धन्यवादसमेत ज्ञापन गरेको छ ।