☰ open Loading... 20 April 2024|  

स्कुल पठाएकी समिक्षाको महोत्सव र्यालीमा सहभागी गराउँदा मृत्यु
  | २३ मंसिर २०७३, बिहीबार १९:३२

बिहीबारदेखि वीरेन्द्रनगरमा शुरु भएको कर्णाली एक्स्पो २०१६ अन्तर्राष्ट्रिय व्यापार मेलाको र्यालीमा सहभागी एक बालिकाको मृत्यु भएको छ ।

घरबाट अभिभावकले स्कुल पठाएकी वीरेन्द्रनगरकी समिक्षा आचार्यको र्यालीमा सहभागी हुन विद्यालयले पठाएको बेला मृत्यु भएको हो ।

वीरेन्द्रनगर नगरपालिकाको सनिलाइनमा रहेको सुर्खेत होराइजन एकेडमी कक्षा ९ मा अध्ययनरत छात्रा आचार्यको बिहीबार उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

स्कुलले मेलामा सहभागी हुन र्यालीमा पठाएपछि गणेश चाैक नजिकै पुग्दा आचार्य बेहोस भएकी थिइन् । उपचारको क्रममा देउती नर्सिङ्ग होम लगिएकाे थियाे । देउतीमा सम्भव नभएपछि थप उपचारका लागि समिक्षालाइ मेडिकल कलेज काेहाेलपुर लगिएकाे थियाे ।

तर काेहाेलपुर पुर्याए लगत्तै समिक्षालाइ चिकित्सकले मृत्यु भएकाे जानकारी दिएकाे विद्यालयका भ्वाइस प्रिन्सिपल विनु भाष्करले जानकारी दिए । चिकित्सकले समिक्षालाइ हटहट्याक भएकाे जानकारी अाफूहरूलाइ दिएकाे भ्वाइस प्रिन्सिपल भाष्करले बताए ।

विद्यालले अाफूहरूका कारण बालिका मृत्यु नभएकाे जनाएकाे छ । महाेत्सव समितिले नै विद्यार्थी सहभागी गराइदिन अाग्रह गरेपछि विद्यार्थीलाइ र्यालीमा सहभागी गराएकाे भाष्करकाे भनाइ छ ।

जिल्ला शिक्षा कार्यालय सुर्खेतले आफूलाई यसबारेमा केही जानकारी नभएको बतायाे । पढ्ने बालबालिकालाई मेलाको र्यालीमो लैजान मिल्छ त भन्ने प्रश्नमा जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले मेला महोत्सव जस्ता र्यालीमा विद्यार्थीलाई सहभागी गराउन नहुने बताए ।

उनले वीरेन्द्रनगर भ्याली भित्रका केही विद्यलायले मौखिम रुपमा प्रतियोगितामा झाँकीका रूपमा विद्यार्थी लैजाने अनुमति मागेपनि र्यालीमा सहभागी गराउने अनुमति नदिएको बताए ।

‘र्यालीमा सहभागी भएको मृत्यु हुन दुःखद् घटना हो’ शाहले भने,–‘विद्यार्थीको मानसिकता बुझेर मात्रै लैजानु पथ्र्यो, यसबारे थप बुझ्छु ।’ तर शाहले विद्यार्थीहरुलाई महोत्सवमा रहेका स्टलहरु बारे जानकारी दिन र नयाँ कुरा सिकाउन लैजान मिल्ने बताए ।