☰ open Loading... 25 November 2024|  

बालबालिकाको दुरुपयोगप्रति सामाजिक सञ्जालमा चर्काे अाक्राेश
  | २४ मंसिर २०७३, शुक्रबार १०:०३

मेला, महोत्सव तथा अन्य र्यालीमा बालबालिकाहरुलाई गलत प्रयोग गरेकोमा सामाजिक सञ्जालमा चक्राे अाक्राेश जनाइएकाे छ । बिहीबारदेखि वीरेन्द्रनगरमा शुरु भएको कर्णाली एक्स्पो २०१६ अन्तर्राष्ट्रिय व्यापार मेलाको र्यालीमा सहभागी एक बालिकाको मृत्यु भएपछि कडा आलोचना गर्दै सामाजिक सञ्जालमा चाैतर्फी विराेध भएकाे हो ।

स्कुल पठाएकी समिक्षाको महोत्सव र्यालीमा सहभागी गराउँदा मृत्यु

विद्यालयको लापरवाही र महोत्सव समितिको दवाबमा अभिभावकले स्कुल पठाएकी वीरेन्द्रनगरकी समिक्षा आचार्यलाई र्यालीमा सहभागी गराएका थिए ।

backa

वीरेन्द्रनगरमा रहेको सुर्खेत होराइजन एकेडमी कक्षा ९ मा अध्ययनरत छात्रा आचार्यको बिहीबार उपचारको क्रममा मृत्यु भएको थियो ।अभिभावकले महंगो शुल्क तिरेर विद्यालय पठाएका बालकालिकाहरुको पढ्ने अधिकारलाई कुन्ठीत गर्ने कार्यको समाजिक सञ्जालमा विरोध गरिएको छ ।

र्यालीमा विद्यार्थी बाहेक सहकारी, कृषक समूह, टोल विकास संस्था, सांस्कृती संघ संगठन लगायतलाई हुँदा हुँदै विद्यालयका बालकालिकाहरुलाई र्यालीमा सहभागी गराउनु लज्जास्पद भएको आलोचना गरिएको छ ।

‘अन्तर्राष्ट्रिय व्यापार मेला होस् या कुनै धार्मिक महोत्सवको र्यालीमा स्कुले बालबालिकाको प्रयोग कत्तिको उचित हो’ सामाजिक सञ्जालमा समाजिक अभियान्ता सीमा चन्दले प्रश्न गर्दै लेखेकी छन्,–‘उनका अभिभावकलाई कस्ले के जवाफ दिने ?’

seema-chand

पत्रकार सविता जिसीको भनेकी छन्–‘खासमा यो मेलाका अवसरमा सानासाना नानीबाबुहरुलाई र्यालीमा सहभागी गराउँदा उनीहरुले थकान महशुस गरेका हुन्छन्, अनि नसोचेकै घटना भएको छ, यसको जिम्मेवार निकाय कुन ?’

sabita

महोत्सव र्यालीमा बालबालिकाको गलत दुरुपयोग गरेको विरोधमा सामाजिक सञ्जालका केही स्टाट्स र कमेन्ट ।

bhupendra-bc bidhya-nirdosh