☰ open Loading... 5 November 2025|  

दुइ दिनदेखी बालक बेपत्ता
  | २४ मंसिर २०७३, शुक्रबार १२:३९

जिल्लाको पाटन नगरपालिकाका एक बालक दुई दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पाटन नगरपालिका– ९ वसन्तपुरका भानसिंह बोहराका १४ वर्षिय छोरा प्रकाशसिंह बोहरा रहेका छन् ।

स्थानीय बजार मुस्याचौर जान्छु भनि गत बिहीबार हिँडेको छोरा घर फर्केको छैन, बेपत्ता बालकका बुबा भानबहादुर बोहराले भने ‘छिमेकी, नातागोता सबैतिर सोधपुछ गर्दा पनि भेटिएन ।’ बेपत्ता छोराको खोजी गरिदिन प्रहरीसमक्ष अनुरोध गरेको पनि उनले बताए ।