☰ open Loading... 24 October 2024|  

लगाममा एमालेकाे अगुवा कार्यकर्ता भेला
  | २४ मंसिर २०७३, शुक्रबार १८:०३

नेकपा एमाले सुर्खेतले जनपरिचालन अभियानलाइ तिव्रता दिएकाे छ । अभियान अन्तरगत नेकपा एमाले लगाम गाऊ कमिटिले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले जिल्ला अध्यक्ष धुव्रकुमार शाहीले सरकारको आयु चैतसम्म मात्रै रहेको बताएका छन ।

प्रचण्ड नेतृत्वमा रहेको बर्तमान सरकारले संबिधान कार्यान्ययनभन्दा संबिधान संसोधनलाई प्राथमिकता दिनु गलत भएकाे टिप्पणी शाहीकाे छ । उनले नेकपा एमालले संसोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने ठोकुवा गरेका छन् ।

कार्यक्रममा नेकपा एमाले प्रदेश नं. ६ संगठन कमिटिका सदस्य तारा देबकोटाले लामो समयसम्म स्थानिय निकायको चुनाब नहुँदा जनताका विकास निमार्णका पक्षमा काम गर्न नसकिएको बताएका थिए । उनले सरकारसंग छिटो स्थानिय निकायको निर्वाचनन मिति घोषणा गर्न आग्रह गरेका छन् ।

एमाले जिल्ला कमिटि सुर्खेतका सचिव मोहनसिं बडुवालले राष्ट्रियता जोगाउनका निम्ति अब आउने तिनै तहका निर्बाचनमा नेकपा एमालेलाई देशैभरी बिजय गराउन सम्पुर्ण कार्यकर्ता एबम शुभचिन्तकहरुलाई आग्रह गरेका छन् ।

नेकपा एमालेले गरेको चार महिने जनपरिचालन अभियानका क्रममा पार्टीका नेताहरु सुर्खेतको पश्चिम लगाम पुगेका युवासंघ नेपाल सुर्खेतका प्रचार बिभाग प्रमुख नन्दराम खनालले जानकारी दिए ।

खनालका अनुसार अगुवा कार्यकर्ता भेलामा संविधान कार्यान्वयन र अव हुने स्थानीय निर्वाचनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा कार्यकर्तालाइ प्रशिक्षण दिएकाे बताए ।