☰ open Loading... 1 March 2025|  

महोत्सव र्यालीमा मृत्यु भएकी समीक्षाको अन्त्यष्टी
  | २४ मंसिर २०७३, शुक्रबार १८:४५

समिक्षा मृत्युप्रकरण : मानवअधिकार आयोगले थाल्यो छानविन

बिहीबार मृत्यु भएकी छात्रा समीक्षा आचार्यको अन्त्यष्टी गरिएको छ । वीरेन्द्रनगरमा जारी कर्णाली एक्स्पो २०१६ : अन्तर्राष्ट्रिय व्यापार मेलाको र्यालीमा सहभागी सुर्खेत होराइज एकेडमीका छात्रा आचार्यको गुल्मी र अर्घाखाँचीको सीमामा पर्ने रिडीमा अन्त्यष्टी गरिएको हो ।

sanikchya-ac

समीक्षाका हजुरबुवा सीताराम आचार्यले नीतिनीलाई दागवत्ती दिएको आफन्त शंकर पाण्डेले जानकारी दिए । उनका अनुसार शुक्रबार दिउसो रिडी खोलामा समीक्षाको अन्त्यष्टी गरिएको छ ।

आफन्तको प्रश्न ‘विज्ञप्तीले छोरी फिर्ता आँउछे ?’

‘जे नहुनु थियो त्यो भइसक्यो, हामी १३ दिनसम्म प्रक्रिया थाल्दैनौं’ पाण्डेले भने,–‘कानुनी प्रक्रियामा जाने वा क्षतीपूर्ति माग राख्ने भन्ने विषयमा सुर्खेत आएर मात्रै निर्णय गर्नेछौं ।’

बालबालिकाको दुरुपयोगप्रति सामाजिक सञ्जालमा चर्काे अाक्राेश

र्यालीमा बेहोस भएकी छात्रा आचार्यलाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । तर चिकित्सकले अस्पताल पुर्याएपछि समीक्षालाई मृत घोषित गरेका थिए ।

स्कुल पठाएकी समिक्षाको महोत्सव र्यालीमा सहभागी गराउँदा मृत्यु

अर्घाखाँचीको खनदह–७ स्थायी ठेगाना भएकी समिक्षा सुर्खेत होराइजन एकेडमीमा कक्षा ९ मा अध्ययनरत थिइन् । उनकाे बुवा विगत १२  वर्षदेखी वीरेन्द्रनगरमा व्यापार व्यवसाय गर्दै अाएका छन् ।