☰ open Loading... 24 December 2024|  

भारतलाई खुसी पार्न संसोधन प्रस्ताव आएको हो : उपाध्यक्ष रावल
  | २४ मंसिर २०७३, शुक्रबार १९:०५

नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व उपप्रधान मन्त्री भिम रावलले प्रचण्ड नेतृत्वको सरकारले दुतावास र भारतका लागि संविधान संसोधन दर्ता गरेको आरोप लगाएका छन ।

bhim-rawol
फायल तस्वीर ।

नेकपा एमाले बझाङले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न बझाङ आइ पुगेका रावलले पत्रकारहरु संग कुरा गर्दै यस्तो आरोप लगाएका हुन ।

प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रावलले सरकारले नेपाली जनताको चाहाना र राष्ट्रिय हित विपरित अमुक शक्तीको षडयन्त्र पुरा गर्ने काम गरिरहेको बताए ।

संविधान संसोधन प्रस्तावले मधेशी जनताको अधिकार कुण्ठित गरेर विदेशीहरुको स्वार्थ पूरा गर्ने षडयन्त्र भइरहेको आरोप रावलको छ । ‘विभिन्न ढंगले विदेशीहरुलाई फाइदा पुग्ने र रैथाने मधेसीहरुमा विदेशीको शासन लादने षडयन्त्र भइरहेको छ’ रावलले भने,–‘यो संसोधन प्रस्तावले मधेसीलाई आफ्नै घर भित्र अरुवाट शासक गराउने उद्देश्यका साथ आएको छ ।’

उनले सरकारले निर्वाचनको कुरा गरे पनि संसोधन प्रस्तावको लफडा अगाडी सारेर निर्वाचन गर्न नचाहेको बताए । सरकार प्रति कडा रुपमा प्रस्तुत भएका उनले यो सरकारले देशको अस्तित्व नै खतरामा पार्न आटेकोले यसलाई असफल गर्न एमालेले संसद अवरुद्ध गरिरहेको बताए ।

उनले भने ‘जनताले विरोध गरेको र विदेशीले स्वागत गरेको संसोधन प्रस्ताव हामी पास हुन दिन्नौ । यसका लागी जस्तो सुकै मुल्य चुकाउन तयार छौं ।’

उपाध्यक्ष रावलले छिमेकी चीनसंग जोडिएको चैनपुर ताक्लाकोट सडक बनाउने जिम्मा सेनालाई दिने प्रक्रिया आफु रक्षा मन्त्री हुदा थालेको जानकारी दिए । यो सरकारले कामलाई अगाडी नबढाउदा भनेको समयमा काम हुन नसकेको भन्दै उनले सो सडकको जिम्मा सेनालाई दिनका लागी आफुले पहल गरिरहेको बताए ।