☰ open Loading... 24 October 2024|  

राप्रपाका जिल्ला अध्यक्षमा मल्ल
  | २५ मंसिर २०७३, शनिबार १४:२५

राष्ट्रिय प्रजातन्त्र पाटीका जिल्ला अध्यक्षमा राजबहादुर मल्ललाई चयन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पाटी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एकिकरण भएर बनेको राप्रपाको सदरमुकाम गमगढीमा शुक्रबार सम्पन्न गाउँ कार्यसमिति र जिल्ला कार्यसमितिका पदाधिकारीको भेलाले उहाँलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै भेलाले जनकबहादुर मल्ललाई राप्रपाको सह–अध्यक्ष तथा उपाध्यक्षहरुमा क्रमशः भक्तबहादुर शाही, दानबहादुर हितान, रुपसिंग लावड र जनकबहादुर शाहीलाई चयन गरेका छन् ।

यसैगरी सचिवमा वीरचन्द्र बुढा र कोषाध्यक्षमा विष्णु चौलागाईँलाई चयन गरेका छन् । यो संगै राप्रपाको ७३ सदस्यीय मुगु जिल्ला कार्यसमिति गठन भएको सो पार्टीले जनाएको छ ।