☰ open Loading... 24 February 2025|  

समीक्षा मृत्यु प्रकरण : शिक्षा कार्यालय भन्छ “अनुसन्धान जारी राखेका छाैं”
  | २६ मंसिर २०७३, आईतवार १७:४०

सुर्खेतमा सञ्चालित कर्णाली एक्सपोको उद्घाटनअघि निकालिएको ¥यालीमा सहभागि बालिकाको मृत्युबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ । ¥यालीमा सहभागि १३ वर्षीया समीक्षा आचार्यको विहीवार मृत्यु भएको थियो ।

sanikchya-ac

कार्यालयले विज्ञप्तिमार्फत उक्त घटनाको सत्य तथ्य पत्ता लगाउन अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानपछि भेटिएको वस्तुगत तथ्यका आधारमा आवश्यक कारवाही प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।

पढ्न छुटाउनु भयाे की ?
समीक्षा मृत्यु प्रकरण : छानबिनको माग गर्दै काठमाडाैंमा प्रदर्शन
महोत्सव र्यालीमा मृत्यु भएकी समीक्षाको अन्त्यष्टी
समिक्षा मृत्युप्रकरण : मानवअधिकार आयोगले थाल्यो छानविन
आफन्तको प्रश्न ‘विज्ञप्तीले छोरी फिर्ता आँउछे ?’
बालबालिकाको दुरुपयोगप्रति सामाजिक सञ्जालमा चर्काे अाक्राेश
स्कुल पठाएकी समिक्षाको महोत्सव र्यालीमा सहभागी गराउँदा मृत्यु

जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘घटनाको बारेमा सत्य तथ्य बुझ्ने काममा मानवअधिकार आयोग र जिल्ला शिक्षा कार्यालय सुर्खेत समेत लागिरहेको छ, र अनुसन्धानबाट भेटिएको वस्तुगत तथ्यका आधारमा आवश्यक कामकारवाही अघि बढाइने छ ।’

साथै बालबालिकाहरुलाई विद्यालयबाहिरका गतिविधिमा संलग्न नगराउन समेत कार्यालयले आग्रह गरेको छ । विद्यालयबाहिरका गतिविधिमा संलग्न गराउन सम्बन्धित निकायसँग अनुमति लिन समेत कार्यालयले सबैलाई सचेत गराएको छ ।

साभार साझा विसाैनी डटकम