☰ open Loading... 26 July 2024|  

जिर्ण बन्दै गमगढी, बालैहुँदै पीना जोड्ने सडक
  | २६ मंसिर २०७३, आईतवार १८:००

मुगु सदरमुकाम गमगढीदेखि बालै हुँदै पिना गाबिस जोडिएकोे सडक खुलाउने पहलमा कसैले चसो दिएका छैनन् । हिउँदमा सामान्य जिप र ट्याक्टरहरु सञ्चालन हुने भएपनि बर्षातमा यो सडक पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ ।

ताल्चा बिमानस्थल कालोपत्र भएसगै पानीका नहर बुका खोलामा मिसाईएकाले पनि ताल्चा विमानस्थल तल रहेको सडक खोलाले गर्दा खोला आसपासका सडक समेत कटान गरेर सडक अबरुद्ध हुने गरेको कार्कीवाडाका हृदयसिहं नेपालीले जानकराी दिए ।

ताल्चा बिमानस्थल कालोपत्रे भएसगै पानीका नहर बुका खोलामा मिसाएपछि पहिलेका बर्षभन्दा यो वर्ष सडक धेरै कटान गरेको उनको भनाई छ ।

यो सडक गत वर्षको असार देखिनै बन्द अवस्थामा छ । सडक विस्तार गरेर मात्रै छाड्ने र मर्मत सम्भार नगर्ने प्रवृतिले सर्वसाधारणले सास्ती खेपेको स्थानीयको गुनासो छ ।

सडकको ट्रयाक खोलेको झण्डै ५ बर्ष भएको छ । तर अझैपनि यस सडक खण्डमा सहज रुपमा यातायातका साधन गुड्न नसकेको स्थानीय नेपालीको भनाई छ ।

मर्मत सम्भारको अभावमा सडक दिनप्रतिदिन जिर्ण र जोखिम बनेपनि सरोकारवाला निकायले यसतर्फ ध्यान नदिएको स्थानीय बताउँछन् ।

सदरमुकाम देखि ५ किलोमिटर पिना गाविससम्म पुगेको सडकलाई वि.स. २०६८ सालमा कार्काीवाडा, श्रीनगर र पिना गाविससम्म पुर्याइएको श्रीनगर गाविस सचिव नन्द बहादुर मल्लले बताए ।

सडक सञ्जाल विस्तार भएपछि स्थानीयलाई सदरमुकाम आवत जावत गर्न तथा दैनिक खाद्यान्न लगायतका सामाग्री ढुवानीमा सहज भएपनि सडकको स्तरोन्नती नहुँदा असुरक्षित यात्राले स्थानीय हैरानीमा परेका सचिव मल्लको भनाई छ । उनले सडक सुचारु गर्ने विषयमा सरोकार निकायसंग पहल गरिरहेको पनि बताए ।