☰ open Loading... 19 April 2024|  

कर्णाली एक्स्पोमा प्रविधिदेखि मध्यपश्चिमको गाथासम्म
  | २६ मंसिर २०७३, आईतवार १९:२५

मेला तथा महोत्सवहरु रमाईलो गर्ने र कलाकारको प्रस्तुती हेर्ने संगम थलो मात्र होइन । मेलामा हामीले आवश्यक शैक्षिक, ज्ञानवद्धक र चेतनामुलक ज्ञान पनि लिन सक्नु पर्छ । तर हाम्रो मानसिकतामा अझै पनि रमाइलो गर्न र हेर्न जानु पर्छ भन्ने हेपाह सोचले ग्रसित छौं । यति मात्र हैन महोत्सव भित्र पाइने सस्तो सामग्री किन्ने योजना नै हामीले पहिलो प्राथमिकता राख्छौं र महोत्सवबाट बाहिरिन्छौं ।

हामीले हालसम्म केही जिल्ला घुमेका छौं । यद्यपी त्यही जिल्ला भित्रका सवै अन्तरवस्तु नजिकबाट नियाल्न सकेका हुँदैनौं । त्यही महोत्सव स्थलमा हामीले आजसम्म पुग्न नसेका र नदेखेका कतिपय यथेष्ट बस्तुहरु पनि उपलव्ध छन् । विहीबारदेखि वीरेन्द्रनगरमा शुरु भएको कर्णाली एक्स्पो २०१६ मा केही यस्ता चिज छन्, जुन कतिपयलाई थाहा पनि छैन् ।

समग्र मध्यपश्चिमको सचित्र ?
साविकको मध्यपश्चिम अर्थात संघीय संरचनामा ६ नम्बर प्रदेश आफैमा कला संस्कृतिले भरिएको विविधापूर्ण क्षेत्र हो । हुन त ६ नम्बर प्रदेशबाट रुकुमको आधा भागसंगै, रोल्पा, प्युठान, दाङ, बाँके र बर्दिया अलग भइसकेका छन् । यद्यपी फाेटाे पत्रकार भरतबन्दु थापाले खिचेकाे यस क्षेत्रका सवै जिल्लाका जीवनशैली, कला संस्कृति, पर्यटन स्थलहरूका तस्वीरहरू छन् ।

       dailekh

तर कर्णाली एक्स्पोमा समग्र मध्यपश्चिमको वर्णनसहितको कला संस्कृती, रमणिय स्थल र पर्यटनको स्टल छ । जहाँ तपाइ एकै स्थानबाट समग्र मध्यपश्चिमको गाथा भेटाउन सक्नुहुन्छ ।

dang
दाङ, रोल्पा, प्युठान, रुकुम, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पासम्मका कला संस्कृतीका तस्वीरहरु छन् । हुम्लाको लिमि उपत्यकादेखि बर्दियाको कृष्णसारसम्मका दृष्य प्रत्यक्ष रुपमा समृद मध्यपश्चिम स्टलमा देख्न सकिन्छ ।

humla

काँक्रेविहार, देउती बज्यै बुलबुले,गोठीकाँडा, रातानाङ्ला, गुराँसे, रारा घुमफिर, कर्णालीको जीवनशैली, ज्वाला दर्शन एवम् पञ्चकोशी धाम, भेरी र्याफटिङ्ग, कुपिण्डे दह, पञ्चकोशी दर्शन लगायतका दृष्यहरु छन् ।

कृषिमा आधुनिकीकरण
परम्परागत कृषि प्रणाली हामी अझै पनि अपनाउँदै आएका छौं । तर मेशीनबाट एकै व्यक्तिले सयौं विगाहको काम गर्न सक्ने प्रविधिहरु जस्ता उपकरण पनि कर्णाली एक्स्पोमा उपलव्ध छन् ।

kirshi

सीमिट इन्टनेश्नल र उच्च मुल्य कृषि वस्तु विकास आयोजनाले प्रविधिबाट कसरी फाइदा लिन सकिन्छ भन्ने सामग्रीहरू पनि प्रदर्शनीमा राखेका छन् । जहाँ गहुँ, धान काट्ने मेशीन, धान रोप्ने मेशीन, मकै छर्ने मेशीन जस्ता लगायतका सामग्रीहरु उपलव्ध छन् । भौगोलिक वनावट अनुसार यी प्रविधिहरु कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्नेबारेमा तपाई हामीले सहजै सोधमा जानकारी लिन सकिन्छ ।

उत्कृष्ट कृषि उत्पादन 

kirshi1
जिल्ला कृषि विकास कार्यालय सुर्खेतले यहाँका कृषकहरुले उत्पादन गरेको विविध वस्तुहरुको प्रदर्शनीमा राखेको छ । माछा, टमाटर, लोपोन्मुख तथा अन्य खाद्यन्न वालीहरु कम लगानीमा कसरी बढी उत्पादन गर्न सकिन्छ भन्ने ज्ञान कृषि स्टलबाट तपाई प्रष्ट बन्न सक्नु हुनेछ ।

कालीकोटका अग्रानी उत्पादन

arganaik
कर्णाली एक्स्पोमा अर्गानिक स्याउको चानादेखि सिस्नोको पाउडरसम्म छन् । विषदी प्रयोग गरेका बस्तुको भन्दा अर्गानिक उत्पादनहरु खाँदा स्वास्थ्यमा फाइदा पुग्छ । कालिकोटमा उत्पादन भएका स्याउका चाना, स्याउ, ओखर, रातो मार्सी चामल, कोदोको पीठो, राता सिमी, घ्यू, सिस्नोको पाउडर र जडीवुटी समेत प्रदर्शनीमा राखिएको छ ।

हिमालको चौरीदेखी मरुभूमिको ऊटसम्म

yek
महोत्सव स्थलमै हिमालको राजा चौरी गाइदेखि मरुभूमिको ऊटसम्म छन् ।

ut

तर महोत्सव स्थलमा पुग्ने कतिपयलाई यी भएको पत्तो नै हुँदैन् । हिमालको हिउछल्ने चौरी गाइ र मरुभूमिको घाममा पनि सहजै हिड्ने ऊट समेत सुर्खेतमा ल्याइएको छन् ।

murga
यति मात्र हैन, टर्की चरा र लौकाट चरा पनि हेर्न सकिन्छ । साथै सवैभन्दा ठुलो अस्ट्रिच चराको २ केजीसम्मका अण्डा पनि महोत्सव स्थलमा छन् ।

आइटीका स्टल

it-skt
महोत्सव स्टलमै विज्ञान प्रविधिका प्रयाप्त सामग्रीहरु छन् । मुलत सुर्खेत आइटी सेन्टरले भाइरस स्क्यानरदेखि फोटोकपीसम्म र ल्याटप कम्प्युटरदेखी टेलिभिजन सेटहरु प्रदर्शनीमा राखेको छ । साथै अन्य भद्दा टेलिभिजनभन्दा सस्ता र स्तरिय एलसीडी टेलिभिजन सेटहरु स्टलहरुमा छन् ।

बजाज बाइक किने हेलिकप्टरमा भ्याली घुक्ने अफर

bazaj
महोत्सव स्थलमा बजाज कम्पनीका जुनसुकै मोटरसाइकल खरिद गरेमा हेलिकप्टरमा सुर्खेत उत्पत्यका घुम्ने आफर छ । बजाज कम्पनीको आधिकारीक सुर्खेतको विक्रेता असिम अटो पार्टसले बजाजका कुनै पनि मोटरसाईकल खरिद गरेमा ग्राहकले हेलिकप्टरमा सुर्खेत उपत्यका घुम्न पाउने छन् । साथै, अटो प्रदर्शनी स्टलमा होन्डा बाइकदेखि अन्य ठुला सवारी साधनहरु पनि राखिएको छ ।