☰ open Loading... 26 July 2024|  

सांसदको दराज अलपत्र
  | २७ मंसिर २०७३, सोमबार १३:२०

निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट खदिर गरिएका दराजहरु दुई वर्षदेखी वितरण नगरेर अलपत्र अवस्थामा थन्किएको छ । क्षेत्र नम्वर २ को राकमकर्णालीमा खरिद गरेर ल्याएका ८ थान दराज वितरण नगरेर लथालिंग अवस्थामा अलपत्र परेको हो ।

 दुई वर्ष अघि खदिर गरेर ल्याईएको दराज राकमकर्णालीमा अलपत्र अवस्थामा ।
दुई वर्ष अघि खदिर गरेर ल्याईएको दराज राकमकर्णालीमा अलपत्र अवस्थामा ।

आर्थिक वर्ष ०७१÷०७२ मा खदिर गरिएका नेकपा (एमाले) सांसद माननिय लक्ष्मीप्रसाद पोखरेलको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त देखीका दराजहरु अलपत्र अवस्थामा रहेका छन् ।

जिल्लाका अधिकांश ठाँउमा विकासे गतिविधि भन्दा पनि कार्यकर्ता फकाउन सांसदले दराज वितरण गर्ने गरेका स्थानीयले आरोप लगाएका छन् । स्थानीयका अनुसार कार्यकर्ताको माग बढी भएकाले भागबण्डामा समस्या भएपछि वितरण नगरिएको जनाईएको छ । दुई वर्षदेखी ती दराजहरु आफ्नो घरमा रहेको राकमकर्णालीका घर मालिक गणेश माँझीले बताए । łलिन नआउँदा घरमै थन्किएको छ ।’ उनले भने, घर भाँडा पनि दिएका छैनन् ।

श्रोतका अनुसार विकासे योजनाको नक्कली काजगपत्र बनाएर विल पेश गरि फ्यौट भएको रकमबाट दराज, धारा, मर्मतसम्भार लगायत ५ हजारदेखी ५० हजारसम्म रकम कार्यकर्तामुखी वितरण गरिएको पाईएको छ ।

विसल्ला गाविसमा रहेका विद्यालयका लागि ल्याईएको गाडी नपुगेकै कारण राख्नुपरेको एमाले क्षेत्र नम्वर २ का अध्यक्ष खड्कराज उपाध्यायले बताए । łसवै ठाँउमा वितरण भैसक्यो ।’ उनले भने, टाढाको गाविस भएकाले लैजान नसकिएर राख्नुपरेको हो ।’