☰ open Loading... 7 September 2024|  

निर्वाचन मिति ताेक्न प्रमुख दल सहमत
  | २८ मंसिर २०७३, मंगलवार १४:००

काठमाडाैं । तीन प्रमूख राजनीतिक दलहरू विच भेटवार्ता भएकाे छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र ने.क.पा. (माओवादी केन्द्र) का प्रमूख नेताहरुको बैठकमा दलीय सम्वाद जारी राख्दै सहमतिमै राष्ट्रिय समस्याहरुको समाधान खोज्ने समझदारी भएको छ ।

theree-party
प्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा बसेको बैठकमा संविधान संशोधन, महाअभियोग प्रस्ताव, तिनै तहको निर्वाचन, निर्वाचन सम्बन्धि कानून, निर्वाचन क्षेत्र निर्धारण लगायतका राजनीतिक सवालमा सम्वाद जारी राख्ने र सहमतिबाटै निकास खोज्ने समझदारी भएको छ ।

नेताहरुबीच छिटै विषयकेन्द्रित बैठकको आयोजना गरी टुंगोमा पुग्ने समझदारी समेत भएको छ । प्रधानमन्त्री प्रचण्डको आब्हानमा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।