☰ open Loading... 23 December 2024|  

सोलार विना इन्भर्टर राखे कार्वाही गर्छु : उर्जामन्त्री शर्मा
  | २९ मंसिर २०७३, बुधबार ०९:३१

विराटनगर । उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सोलार पाता विना घरमा इन्भर्टर चलाउन नपाईने निर्णय सरकारले गरेको बताएका छन् । इन्भर्टर चलाउनेहरुले घरको छतमा अनिवार्य रुपमा सोलार पाता जडान गरेको हुनुपर्ने भन्दै उनले त्यसो नगरेको पाइए नियम अनुसार कार्वाही हुने चेतावनी दिएका छन् । इन्भर्टरले लोडसेडिङ न्यूनिकरण अभियानमा अवरोध गर्ने भएकोले यस्तो निर्णय गरिएको मन्त्री शर्माले स्पष्ट पारेका छन ।

urja-mantri-sharma
बिद्युत चुहावट रोक्न नयाँ फर्मुला

उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले विद्युत चुहावट नियन्त्रणमा उपभोक्तालाई प्रत्यक्ष सहभागी गराउने योजना अघि सारेका छन् ।
मोरङको रङगेलीमा स्थानीय उपभोक्ता र प्राधिकरणका कर्मचारीबीचको संयुक्त अन्तरक्रियामा बोल्दै उनले यस योजना बारे बोर्डमा छलफल शुरु भएको जानकारी दिए ।

डण्डा लगाएर मात्र चुहावट रोक्न सकिँदैन, यसमा उपभोक्ताहरुको सक्रिय सहभागिता हुने खालको संरचना बनाइ परिचालन गर्नुपर्छ” उनले भने प्राधिकरण बोर्डमा छलफल गरी ठोस योजना ल्याइनेछ ।’

बिद्युत चोरी र चुहावट गर्ने कार्यलाई कानुनले नै सार्वजनिक अपराध घोषित गरेको अवस्थामा यस्तो अपराध नियन्त्रण गर्न नयाँ कार्ययोजना अघि सार्नुपर्नेमा उनले जोड दिए ।

प्राधिकरणको एमडी बन्न १० करोडको अफर !
उर्जामन्त्री शर्माले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइदिन ५ जना व्यक्ति १० करोडको अफर लिएर आफुकहाँ आएको खुलासा गरेका छन् । तर आफुले व्यक्तिगत स्वार्थलाई भन्दा जनताको सेवा गर्ने कार्यलाई एक सुत्रीय नारा बनाएर अघि बढेको उनको भनाइ छ । “मैले त्यस्तो अफर स्वीकार गरेको भए तपाइहरु जस्तो उद्योगपति म पनि हुनसक्थेँ हुँला तर मैले त्यो बाटो रोजिन, परिणामस्वरुप आज जनताको घर आँगन झिलिमिली भएको छ ।”