☰ open Loading... 19 April 2024|  

५० लाख सक्न, रातारात उपभोक्ता समिती
  | ३० मंसिर २०७३, बिहीबार १४:५९

स्थानीय विकास मन्त्रालयबाट आएको बजेट सक्न दैलेखको लाँकुरीमा रातारात उपभोक्ता समिति गठन गरेको पाईएको छ । मन्त्रालयले आर्थिक केन्द्र र दुई जिल्ला जोड्ने सडक निर्मांणका लागि दिएको रकम सक्न रातारात मनपरि रुपमा उपभोक्ता समिति गठन गरेको हो ।

स्थानीयलाई रोजगारी दिने उद्देश्यले जिविसले डोजर नलगाउन उर्दि जारी गरेपनि बराहमा सडक खन्दै डोजर ।
स्थानीयलाई रोजगारी दिने उद्देश्यले जिविसले डोजर नलगाउन उर्दि जारी गरेपनि बराहमा सडक खन्दै डोजर ।

चुप्रा – अतुराली – सेर्माकोट – शिखरद्धार हुदै कट्टी जोड्ने सडकका लागि गठन भएको उपभोक्ता समिति रातारात बनाईएको उजुरी परेको छ । ५० लाख रुपैँया बजेट विनियोजन भएपछि उपभोक्ता समितिमा को बस्ने भनेर हानथाप भएको थियो । जिल्ला विकास समिति दैलेखमा उजुरी परेको योजना अधिकृत पदम सापकोटाले बताए ।

दिनभर उपभोक्ताको भेला बोलाईएपनि सहमती हुन नसकेपछि राती मनपरि उपभोक्ता समिति बनाईएको आरोप स्थानीयले लगाएका छन् । लाँकुरीका राप्रपा नेता प्रकाश खड्काको अध्यक्षतामा ९ सदस्यिय समिति गठन गरिएको छ । गाविस सचिव मोहन बुढाको रोहवरमा राती नै समिति गठन गरेको आरोप स्थानीय लगाएका छन् ।

लाँकुरी, वेलपाटा र वडाभैरवका उपभोक्ताहरुविच सहमतीमा समिति गठन नभएकाले विरोध गरिएको वेलपाटाका श्याम रानाले बताए । सहमती बेगर आफुखुसी समिति गठन गरेको भन्दै स्थानीयहरुले विरोध गरेका छन् ।

स्थानीयका अनुसार राप्रपा र नेपाली काँग्रेसको सहमतीमा गठन गरिएको हो । यस्ता १९ योजनाहरु यो आर्थिक वर्षमा कायान्वयनका लागि मन्त्रालयबाट अख्तियारी आएको छ ।

łउपभोक्ता समिति गठनबारे विवादित भएको खवर आयो ।’ जिविसका योजना अधिकृत पदम सापकोटाले भने, गाविस सचिवलाई तत्काल यथार्थ जानकारी गराउँन भनेका छौ ।’ लाँकुरी गाविस सचिव मोहन बुढाले जिविसबाट समिति गठनका लागि ताकेता गरेकाले आफुले गठन गरेको प्रतिक्रिया दिएका छन् ।