☰ open Loading... 20 April 2024|  

दैलेखकाे सानाकाँडा पूर्ण सरसफाइ वडा घोषणा
  | ३० मंसिर २०७३, बिहीबार १७:५६

गाेगनपानी (दैलेख) । दैलेख सदरमुकामदेखी दक्षिण पूर्वमा अवस्थित गोगनपानी–८ सानाकाँडा गाउँ पूर्ण सरसफाई नमूना वडा घोषणा भएको छ । सरसफाईका लागि आवश्यक पाँच प्लस एक सूचकहरु पूरा गरेपछि सानाकाँडा गाउँलाई पूर्ण सरसफाइ वडा घोषणा गरिएको हो ।

goganpani1
सानाकाँडा गाउँका नागरिकहरुले चर्पीको प्रयोग, पानीको प्रयोग एवं भण्डारण, व्यक्तिगत सरसफाई, खानेपानीको उपलव्धता, घर आगन सफा र सफा वातावरणका सूचकहरु पूरा गरेपछि पूर्ण सरसफाई वडा घोषणा गरिएको गोगनपानीका गाविस सचिव होमराज विसीले जानकारी दिए । यो संगै दैलखमा पूर्ण सरसफाई वडा घोषणा हुनेको संख्या तीन पुगेको छ ।

sanakada-vdc

यसअघि चामुण्डा गाविसको वडा नम्बर २ र गोपनगानीको वडा नम्बर ४ घोषणा भइसकेका छन् । समाज जागरण केन्द्र (स्याक) नेपालको सामाजिक तथा प्राविधिक सहयोग, जिल्ला स्तरिय तथा गाउँ स्तरिय खानेपानी सरसफाई समन्वय समितिको सहकार्य र जलस्रोत व्यवस्थापन कार्यक्रम –वार्म–पी) लगायत संस्थाको सहयोग तथा सानाकाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयोजनामा वडालाई पूर्ण सरसफाई घोषणा गरिएको हो ।

कार्यक्रममा स्थानीय नगरिकले सरसफाइका आवश्यक पाँच प्लस एक सूचकहरु अनिवार्य लागु गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा खानेपानी तथा सरसफाई जिल्ला कार्यालय दैलेखका ईन्जिनियर राजीब रिमाल, नेपाली काँग्रेस दैलेखका सभापति कृष्णबहादुर विसी, समाज जागरण केन्द्र (स्याक) नेपालका महासचिव गंगा गुरुङ, कार्यकारी निर्देशक टिकाराम आचार्य लगायतको उपस्थिती थियो ।