☰ open Loading... 7 September 2024|  

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
  | १ पुष २०७३, शुक्रबार १२:५६

सल्यान । ट्याक्टरको दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत राकम– ७ का ट्याक्टर चालक २३ वर्षिय प्रेम नेपाली रहेका छन् ।

देवस्थल गाविसबाट बामे जाँदै गरेका भे १ त ५७८३ नं ट्याक्टर बामे – ६ पोखरा नजिकै गएराति दुर्घटना हुँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ । ट्याक्टर सडकबाट झन्डै ४० मिटर तल खसेको छ ।

ट्याक्टरमा सवार बामे– ९ की ३५ वर्षीया मनकुमारी पुन गम्भीर घाइते भएकी छन् । घाइते पुनको थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।