☰ open Loading... 23 December 2024|  

गुल्मी सदरमुकाम तम्घास बजार तनावग्रस्त
  | १ पुष २०७३, शुक्रबार १४:४२

गुल्मी । झण्डै तिन साता व्यापी शान्तिपुर्णं आन्दोलनबाट ५ नम्वर प्रदेश टुक्राउन पाईदैन भन्ने माग सरकारले सुनुवाई नगरेको भन्दै आज देखि सुरु गरिएको आक्रमक आम हड्तालले गुल्मी जिल्ला तनाव ग्रस्त बनेको छ ।

जिल्ला प्रशासनमा ताला ठोक्दै आन्दोलनकारीले एक जना कर्मचारी पनि छिर्न नदिई कव्जा जमाएका छन् । यो समाचार सकेर पठाउनै लागेको बेला सुरक्षा निकायले बल प्रयोग गरे पछि झडप भएको छ ।

jilla-parshan-gulmi1-1024x682

सुरक्षा टोलीबाट अश्रुग्याँस प्रहार भई रहेको छ भने आन्दोलनकारीबाट ढुङ्गा हानहान भई रहेको छ । पत्रकारले त्यसको दृश्य खिच्न सक्ने समेत सकेका छैनन । भागदौड दुवै तर्फ चलेको छ ।

५ नम्वर प्रदेशको जिल्ला घोषणा गरिएको वोर्ड हिजो सम्म गेटमा थियो भने आज प्रशासनको भित्रै अग्रभागमा लगेर टाँगिएको छ । जिल्ला प्रशासनको प्रतिकृया माग्दा प्रजिअ कृष्णप्रसाद ढुङ्गनाले फोन उठाएका छैनन् ।

ठुलो सख्यामा सुरक्षा निकाय थैनाथ गरिए पनि आन्दोलनकारीको घेरा तोडेर प्र.जि.अ. लगायतका कर्मचारी भित्र छिर्न सकेका छैनन् ।यहाँका सवै शैक्षिक संस्था, यातायात सेवा, व्यापार व्यवसाय पुरै ठप्प पारिएको छ भने मेडिकल समेत बन्द गरिएको छ ।

आम हड्ताल शुक्रबारदेखि तीनसम्मका लागि घोषणा गरिएको छ । यसबाट पनि सुनुवाई नभए सरकार विरुद्ध यो भन्दा पनि कडा आन्दोलन घोषणा गरिने चेतावानी संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले दिएका छन् ।

सदरमुकाम वाहिरको आन्दोलन पनि आक्रमक बन्दै गएको छ । सिमलटारी, मजुवा, वामीटक्सार, वलेटक्सार रिडी, यता पुर्कोटदह, ईस्मा लगायतका प्रमुख स्थानहरुमा विशाल विरोध सभा भई रहेका छन् ।

स्राेत गुल्मीखवर