☰ open Loading... 7 September 2024|  

शनिबार मात्रै ५० हजार दर्शक महाेत्सवमा सहभागी
  | २ पुष २०७३, शनिबार १९:०४

सुर्खेत । वीरेन्द्रनगरमा जारी कर्णाली एक्स्पो २०१६ ः अन्तर्राष्ट्रिय व्यापार मेलामा शनिबार मात्रै करिव ५० हजार दर्शकको सहभागीता भएको महोत्सव आयोजक समितिले जानएको छ ।

पहिलो शनिबार वीरेन्द्रनगरका पसलहरु बन्द हुने भएकाले पनि विदाको सदुपयोग गर्न महोत्सवमा अन्य दिनभन्दा शनिबार बढी दर्शकहरु सहभागी भएका हुन् । महोत्सवको दशौं दिन मात्रै २ करोड ५० लाख कारोवार भएको आयोजकको भनाई छ ।

karnali-expo
महोत्सवको नवौं दिनमा २२ हजार दर्शक र झण्डै २ करोडको कारोवार, आठौं दिन ९० लाखको कारोबार र ९ हजार दर्शक सहभागी भएका थिए । यस्तै, सातौं दिन ९५ लाखको कारोबार तथा १६ हजार दर्शक तथा छैटौं दिन १२ हजार बढी दर्शकको अवलोकन र ७० लाखको हाराहारीमा कारोबार भएको महोत्सव सचिवालयले जानकारी दिएको छ ।

महोत्सवको पाँचौ दिन १ करोड ७५ लाखको हाराहारीमा कारोबार र ३० हजारबढी दर्शक सहभागी भएका थिए भने चौथो, तेस्रो र दोस्रो दिन महोत्सवमा ३ करोडको कारोबार बताइएको छ ।