☰ open Loading... 24 January 2025|  

मेलाको मुख्य आकर्षण हेलिकप्टरको यात्रा र उँट
  | ३ पुष २०७३, आईतवार ११:५५

नवलपरासी । नवलपरासीको सुनवलमा जारी पश्चिमाञ्चलस्तरीय नवलपरासी औधोगिक व्यापार मेलामा हेलिकप्टरको यात्रा र मेलामा राखिएको उँट मुख्य आकर्षण बन्न पुगेको छ । अझ यसबाहेक कृतिम पोखरी बनाई दुईवटा डुङ्गा सञ्चालन भए पछि मेलामा थप रौनक छाएको हो ।

आजसम्म चल्ने व्यापार मेलामा किसानको उत्पादनलाई विशेष महत्व दिइएको छ । नवलपरासी जिल्लाको पहाड, मधेस र तराईका क्षेत्रमा उत्पादन भएका विभिन्न प्रकारका फलफूल तथा तरकारी जन्य उत्पादनलाई मेलामा विशेष प्राथमिकताका साथ प्रदर्शनमा राखिएको छ ।

मेलामा जिल्लाका १६६ वटा व्यावसायिक किसानले उत्पादन गरेका कृषिजन्य उत्पादन प्रदर्शनमा राखिएको छ । त्यस्तै मेलामा माटो परीक्षण गोबर परीक्षणलगायतका सुविधा पनि किसानलाई प्रदान गरिएको छ ।

मेलामा मुख्य प्रवेशद्वारमा भगवान् गौतमबुद्धको मायादेवी मन्दिर आकृति विशेष आकर्षणका रुपमा रहेको छ । शान्ति समृद्ध उद्योग र व्यापार राष्ट्र निर्माणको बलियो आधार मूल नाराका साथ आयोजित मेलामा ३०० कक्ष छन् । मेलामा नवलपरासी रुपन्देही, चितवनसहित छिमेकी भारतीय बजारबाट समेत विदेशी अवलोकनकर्ता आउने गरेका छन् ।