☰ open Loading... 16 April 2024|  

श्रीलङ्कामा सडक दुर्घटना, दशजनाको मृत्यु
  | ३ पुष २०७३, आईतवार १२:२८

श्रीलङ्काको जाफ्ना क्षेत्रमा एउटा भ्यान र बस एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ ।

मृतक सबै भ्यानमा चढेर जाफ्ना सहरतिर हिँडेका यात्रु रहेका प्रहरीले जनाएको छ । घटनामा २१ जना घाइते भएका र उनीहरूमध्ये तीनजनाको अवस्था अत्यन्तै गम्भीर रहेको बताइएको छ ।

श्रीलङ्कामा कमजोर सडक संरचनासँगै चालकको लापर्बाहीका कारण सडक दुर्घटना बढेको भन्दै सरकारले चालकबाट हुने लापर्बाहीलाई न्यूनीकरण गर्न भनी औसत ट्राफिक जरिवानालाई एक महिनाअघि ५०० रुपैयाँबाट २५ हजार रुपैयाँ पु¥याइएको थियो ।  श्रीलङ्कामा बर्सेनि औसत तीन हजार व्यक्तिको सडक दुर्घटनाका कारण ज्यान जाने गर्छ ।