☰ open Loading... 25 December 2024|  

बँदेल अातंकले कृषकलाइ हैरानी
  | ३ पुष २०७३, आईतवार १२:३३

दैलेख । दुल्लुनगरपालिका – ५ का ६० वर्षिया किसान टिकाराम शर्मालाई खेतबारीमा टम्म बाली लागेको बेला निन्द्रा नै लाग्दैन् । उनी कति बेला आफ्नो बाली तहसनहस हुने हो भन्ने चिन्तामै हुने गर्दछन् ।

वर्षेनी बँदेलले लगाएको बाली सखाप नै पार्न थापपछि आर्चाय चिन्तित भएका हुन् । शर्मा मात्रै होईन् यहाँका अधिकाँश किसानहरु बँदेलकै कारण त्रशित हुने गरेका छन् । दुल्लु नगरपालिका सहित आधा दर्जन गाविसहरुमा बँदेलको विगविगीले किसानलाई क्षति पु¥याएको छ ।

बँदेलले सखाप पारेको खेत र बँदेल बस्ने जंगल देखाँउदै किसान टिकाराम शर्मा ।
बँदेलले सखाप पारेको खेत र बँदेल बस्ने जंगल देखाँउदै किसान टिकाराम शर्मा ।

हुलका हुल बँदेलले हेर्दाहेर्दै बाली सखाप पार्ने गरेको बँदेल पिडित सोमप्रसाद रिजालले बताए । ५ वर्षदेखी अन्न फलेका बेला खेत बारीमै टहरो हालेर बाली हुनुपर्ने बाध्यता बनेको किसानहरुले गुनासो गरेका छन् ।

‘लगाएको अन्न घरमा विरलै मात्र भित्रने गर्दछ ।’ बँदेल पीडित किसान सोमप्रसाद रिजालले भने, जुनसुकै उपया अपनाय पनि अन्न सखाप हुने गर्दछ ।’ चिसोमा बारी कुदा विरामी परेपछि घरमा आएकै राती बँदेलमा अन्न सखाप परेको रिजालले दुखेसो पोखे ।

स्कल्यान, कालाम र गावेलकाडाँमा अहिले धेरै किसानको खेतबारी बाँझै छ । ‘लगाएका बाली पनि दिनरात गरेर कुनुपर्छ ।’ कमल रिजालले भने, बाली नकुरे सुकै छ्रैन् ।’

बँदेललाई अर्को जंगलमा सारिदिन वा मार्नका लागि जिल्ला प्रशासन कार्यालयमा बारम्वार स्थानीय किसानहरुले निवेदन दिएका छन् । बन्यजन्तुलाई स्थान्तरणको लागि अहिलेसम्म कुनै कदम नचालिएको किसानले बताए ।

७ देखी १५ सम्म सानादेखी ठुला ठुलासम्म बँदेल जंगलबाट खेततिर आउने गरेको किसानहरु बताउँछन् । खेतवारीमा छिरे लगत्तै छिनभरमै बाली सखाप पार्ने गरेको किसानहरुको भनाई छ ।

१ सय ११ जनाको किसानहरुको खेतबारीमा बँदेलकै कारण बाली खान नपाएकोले तत्काल समस्या समाधान गर्न सरकारसंग अनुरोध समेत किसान अगुवा कमल रिजालले गरे ।

दुल्लु नगरपालिका सहित रावतकोट, पादुका, जम्वुकाध लगायत गाविसहरु बँदेलको हुलले किसानहरुले लगाएको बाली नष्ट गर्दा मर्का परेका हुन् । पादुका जंगल र नाविस्थानको जंगलमा बँदेलको बासस्थान रहेको छ ।