☰ open Loading... 3 May 2024|  

कर्णाली एक्स्पो २०१६ का अन्तिम सात तस्वीर
  | ३ पुष २०७३, आईतवार १९:१८

तस्वीर भरतबन्दु थापा / शव्द सुशील खड्का

गत मंसिर २३ गतेबाट वीरेन्द्रनगरमा जारी कर्णाली एक्स्पाे २०१६ अन्तर्राष्ट्रिय व्यपार मेला अाइबार सम्पन्न भएकाे छ । महाेत्सव अवधिभर झण्डै ३ लाख दर्शकले अवलाेकन र झण्डै ११ कराेडकाे काराेवार भएकाे मेला मुल अायाेजक समितिले जनाएकाे छ ।

karnali-expo-final1

अन्तिम दिन गायक शीव परियारले पू्र्व गृहमन्त्री तथा सुर्खेत क्षेत्र नम्बर एकका सांसद पूर्णबहादुर खड्कालाइ पनि छमछमि नचाएरै छाडे । गायक शीवका चर्चित गीतहरू पिउने म पिलाउनेकाे क्या बदनामी भाे बाेल लगायतका दर्जनबढी गीत गाएर गाेधुली साझमा सुर्खेतीलाइ मनाेरञ्जन दिए ।

समापन कार्यक्रम ढिला शुरू हुँदा गाेँधुली साँझमै स्टेज पाएका गायक शीवले दमदार प्रस्तुती दिए । हुन त समापन कार्यक्रमकाे विचमा दर्शकलाइ गायिका माण्डवि त्रिपाठी र रेश्मा पुनले पनि अाफ्ना गीतहरू सुनाएका थिए ।

karnali-expo-final4
गायिका माण्डवी

कार्यक्रम सञ्चालन भइरहेकाे बेला अधिकाँश दर्शकले भाषणभन्दा पनि सांगीतिक कार्यक्रम बढी रूचाएका संकेत गरेका गायिका त्रिपाठीले ढल्काे ढल्काे बाेल गाएर दर्शकलाइ केही बेर थेगेकी थिइन् ।

karnali-expo-final3

खुला मञ्चमा सहभाी दर्शकहरूले अाफ्ना भाषणभन्दा पनि सुर्खेती सांगीतिक मनाेरञ्जन बढी रूचाएकाे चाल अथितिले पाएकाले भाषण पनि खासै लामाे गरेनन् ।

karnali-expo-final5
गायिका त्रिपाठीले अाफ्ना चर्चित गीतहरू गायक र दर्शकलाइ भरपूर्ण मनाेरञ्जन दिएकी थिइन् । यस्तै अर्की गायिका रेश्माले पनि दर्शकहरूका लागि मज्जैले चर्चित गीतहरू प्रस्तुत गरेकी थिइन् ।

karnali-expo-final2
गायिका रेश्मा पुन

समापन समाराेहमा बाेल्दै पूर्व गृहमन्त्री तथा सुर्खेत क्षेत्र नम्बर एकका सांसद खड्काले समग्र प्रदेश ६ काे अार्थिक विकासमा सदैव कटिवद्भ रहेका बताएका छन् ।

karnali-expo-final6

उनले सुर्खेत उद्याेग वाणिज्य संघले महाेत्सव उद्घाटन समाराेहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाइ बुझाएकाे मागहरूका विषयमा अाफूले पहल गर्ने प्रतिवद्भता व्यक्त गरेका छन् । यस्तै, सुर्खेत-भुरिगाउँ र गुटु वेनीघाट सडक सूचारू गर्नमा अाफू कटिवद्भ रहेकाे पनि बताएका छन् ।

karnali-expo-final7