☰ open Loading... 20 April 2024|  

चीनले अमेरिकी ड्रोन कब्जा गरेपछि दुई देशबीच झगडा शुरु
  | ३ पुष २०७३, आईतवार १२:४८

दक्षिण चीन सागरको आकाशमा उडिरहेको अमेरिकी ड्रोन चीनले नियन्त्रणमा लिएपछि चीन र अमेरिकाबीच झगडा शुरु भएको छ । चीनले ड्रोनलाई नियन्त्रणमा लिएपछि २ देशबीचको तनाव बढ्ने संकेत देखिएको छ ।

चीनले कुनै पनि अमेरिकी उपकरण यसरी आफ्नो नियन्त्रणमा लिएको यो पहिलो घटना हो । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकचीन नीतिबाट पछि हट्न संकेत दिइरहेको समयमा चीन अमेरिकासँग क्रुद्ध देखिएको छ । कतिपय विश्लेषकहरुले २ देशबीच युद्धको सम्भावना समेत औल्याएका छन् ।

south-china-sea-us-china

चिनियाँ रक्षामन्त्रालयले शनिबार अमेरिकाको ड्रोन मामिलामा विवाद सुल्झाउने भन्दा पनि विवाद बढाउने ब्यवहार गरिएको भन्दै आक्रोश पोखेको थियो । चीनले अमेरिकामाथि मुद्धा सुल्झाउन भन्दा बल्झाउन तिर लागेको पनि आरोप लगाएको छ ।

अमेरिकाले कुरालाई बढाइ चढाइ गरेको भन्दै असन्तुष्टि पनि पोखेको छ । चिनियाँ सेनाले विहीबार दक्षिणी चिनियाँ सागरको आकाशमा उडेको ड्रोन जफत गरेको थियो । इतिहासमै पहिलो पटक चीनले अमेरिकी उपकरण कब्जामा लिएपछि २ देशबीच बढिरहको तनावमा अर्को विषय थपिएको छ ।

फिलिपिनी सीमा क्षेत्र नजिकै अमेरिकी नौ सेनाले एक मानवरहित विमान अन्डर वाटर भेहिकल सर्वे गरिरहेको समयमा चिनियाँ नौ सेनाले कब्जा गरेको थियो ।

चिनिको सरकारी अखबार ग्लोबल टाइम्सले चिनियाँ अधिकारीहरुलाई उद्धृत गर्दै उक्त जल क्षेत्रमा तनाव बढ्न नदिन चिनियाँ नौसेनाले अज्ञात उपकरण कब्जामा लिएको बताएको थियो । शुक्रबार यो विषयमा पेन्टानगले पनि मुख खोलेको थियो ।