जिल्लाबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने पाँच सांसदले आफ्नो संसद् विकास कोषको रकम बाँडफाँट गरेका छन् । सांसदले आफ्ना प्रतिनिधिमार्फत जिविसमा वितरण गरिएको योजना पेस गरेका छन् ।
वितरण गरिएको रकम अधिकांश तालिम भत्ता, अन्तक्र्रिया, मर्मत र निर्माणमा विनियोजन गरिएको छ । प्रत्येक सांसदले रु ५० लाख आफ्नै निर्णयमा योजना निर्माण गरी विनियोजन गर्ने प्रावधानअनुसार योजना बाँडफाँट गरिएको हो । सांसद कर्णबहादुर थापा, बद्री पाण्डे, वसुन्धरा रोकाया, कर्णबहादुर विक र पेम्बा गुरुङ भोटेले आफ्ना प्रतिनिधिमार्फत योजनाको फाइल जिविसमा पेस गरेको पाइएको छ ।
विनियोजन गरिएको मध्ये नेकपा(एमाले)का तीनै सांसदले मदन आश्रित भवन निर्माणका लागि रु ३२ लाख रकम छुट्याएका छन् भने माओवादी केन्द्रका सांसद कर्ण विकले रु १० लाख ७५ हजारको तालिम, गोष्ठी र अन्तक्रियामा राखेका छन् ।