☰ open Loading... 18 April 2024|  

किन रोकीयो सुर्खेतका ३४ विद्यालयको सिफारिस ?
  | ४ पुष २०७३, सोमबार १९:०५

सुर्खेत । सुर्खेतका ३४ वटा विद्यालयले अझैपनि विद्यालय व्यवस्थापन समिति गठन नगरेको पाइएको छ । जिल्ला शिक्षा कार्यालय सुर्खेतले विद्यालयमा तत्काल व्यवस्थापन समिति गठन गरेर विवरण पठाउन सोमबार नै सम्वन्धित विद्यालयहरुलाई निर्देशन दिएको छ ।

सुर्खेतमा ५१५ वटा सामुदायिक विद्यालयहरू छन् । यी मध्य हालसम्म जिल्लाका ४८३ वटा विद्यालयहरुमा नयाँ शिक्षा ऐन अनुसार विद्यालय व्यवस्थापन समिति गठन भएका छन् ।

बाँकी ३४ विद्यालयहरुमा व्यवस्थापन समिति गठन नभएकोले अविलम्ब गठन गर्न अनुरोधसहित पत्र पठाइएको शिक्षा कार्यालय सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले जानकारी दिए ।

उनका अनुसार विद्यालय व्यवस्थापन समिति गठन नहुँदासम्म त्यस विद्यालयका निम्ति गरिने कुनै पनि सिफारिस कार्यालयले रोकेको छ । पौष महिनाको अन्तिमसम्म पनि गठन हुन नसकेमा सम्बन्धित विद्यालयहरुको बैङ्क खाता समेत रोक्का गरिने जिल्ला शिक्षा अधिकारी शाहको भनाई छ ।

तर शाहले हालसम्म विद्यालय व्यवस्थापन समिति गठन भएका विद्यालयहरूले मंसिर मसान्तमै समित गठन गरेकाे जानकारी दिए ।

यी हुन हालसम्म विद्यालय व्यवस्थापन समिति गठन नभएका विद्यालयहरु
१.  जन मावि वीरेन्द्रनगर
२ . नेरामावि डाँडा वीरेन्द्रनगर
३ . अम्मरज्योति मावि नेवारे
४ . भैरव मावि भैरवस्थान
५ . नेरा मावि नेटा
६ . सरस्ती मावि सिमघाट सहारे
७ . नेरा आधारभूत भालुखोला सहारे
८ . प्रावि पोखरा सहारे
९ . प्रावि टिमुरे सहारे
१० . प्रावि डोव सहारे
११ .  प्रावि करेनी सहारे
१२ . प्रावि पिपलचौतारा सहारे
१३ . जनता मावि विद्यापुर
१४ . आनन्द मावि गुमी
१५ . प्रावि सानोजात्री
१६ . प्रावि मनिरामकाँडा
१७ . मावि राकम
१८ . प्रावि अम्वापुर गुमी
१९ . निमावि आँपगैरा
२० . प्रावि ठिग्नी गाउँ
२१ . प्रावि अवलसुरमा
२२ . मालिका मावि मटेला
२३ . भैरव मावि अवलचिङ्
२४ . जनता मावि रानीवास
२५ . शिखर मावि रामघाट
२६ . लालिगुराँस मावि रामघाट
२७ . शारदा मावि छिन्चू
२८ . मावि डुङेगीखोला
२९ . मावि मोहटी लेखपराजुल
३० . मावि झिङ्नी मैनतडा
३१ . प्रावि कुटमीरे लेखपराजुल
३२ . निमावि अवलपराजुल
३३ . नेरा मावि लापु
३४ . चन्द्रगंगा मावि गाग्रेताल