☰ open Loading... 25 April 2024|  

अाज सुर्खेत बन्दको घोषणा
  | ४ पुष २०७३, सोमबार २०:३७

युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा सुर्खेतमा बिहान ८ बजेदेखि ३ बजेसम्म जिल्ला बन्दको घोषणा गरेको छ ।

अस्पतालबाहेक यातायात, उद्योग, व्यापार, सरकारी कार्यालय, शैक्षिक संघ संस्था सबै बन्दको घोषणा गरिएको छ । युवा संघ सुर्खेतका अध्यक्ष खिमलाल देवकोटाले विज्ञप्ती जारी गर्दै युवा संघका जिल्ला अध्यक्षको हत्याको विरोधमा आफुहरुले सो बन्दको आयोजना गरेको जानकारी दिए ।

उनका अनुसार बन्दका क्रममा अटेर गरेर सवारी चलाए वा पसल खोलेमा त्यसबाट हुन आउने क्षतिको जिम्मेवार स्वयंम आफै हुनुपर्ने बताए । युवासंघले सो जिम्मेवारी नलिने जानकारी दिए ।