☰ open Loading... 18 May 2024|  

बन्दले जनजीवन प्रभावित
  | ५ पुष २०७३, मंगलवार १०:२१

सुर्खेत । युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा सुर्खेतमा बन्द हुँदा जनजीवन प्रभावित भएकाे छ । युवा संघ नेपाल सुर्खेतले मंगलबार (अाज) विहान ८ बजेदेखी दिउसाे तीन बजेसम्मका लागि बन्दकाे अाह्वान गरेकाे  छ ।

अाज सुर्खेत बन्दको घोषणा

सुर्खेतबाट छुट्ने लामाे तथा छाेटाे दुरीका सवारी साधन मंगलबार विहान ८ बजेसम्म सञ्चालनमा अाएपनि अहिले बजार, यातायात र स्कुलहरू बन्द भएका छन् ।

youth

युवा संघका कार्यकर्ताहरूले हत्यारालाइ कारवाही गर्नु पर्ने माग राख्दै र्याली निकालेका छन् । वीरेन्द्रनगरकाे मंगलगढी चाैकमा युवा संघका कार्यकर्ताकाे बाक्लाे उपस्थिती रहेकाे छ ।

यस्तै, सल्यान सम्वाददाता वुद्धिमान पुनका अनुसार युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यारालाई पक्राउ गरी कारबाहीकाे माग अनेरास्वबियू सल्यान र युवा संघ सल्यानले गरेको छ । उनीहरूले तत्काल दोषीलाइ पक्राउ गरी कारबाही गर्न माग गरेको हो ।

अनेरास्वबियू सल्यान र युवा संघ सल्यानले तिवारीको गोली हानी हत्या भएको घटनाको भत्र्सना गर्दै आज सल्यान चक्काजामको घोषणा गरेको छ । दिउँसो १ बजे देखी २ बजे सम्म १ घण्टा चक्काजामको घोषणा गरिएको अनेरास्वबियू सल्यानका अध्यक्ष घनश्याम पुनले जानकारी दिए ।

अनेरास्वबियू र युवा संघ सल्यानले आज साँझ ६ बजे बिरोध सभा गर्ने पनि घोषणा गरेका छन् । पुरोनो बसपार्क खलंगामा बिरोधसभा गर्ने युवा संघ सल्यानका सचिबालय सदस्य शिब राज अधिकारीले जानकारी दिए । युवा संघ रूपन्देही जिल्ला अध्यक्ष तिवारीकाे साेमबार दिउसाे गाेली हानेर हत्या गरिएकाे थियाे ।