☰ open Loading... 26 July 2024|  

सुर्खेत बन्द फिर्ता
  | ५ पुष २०७३, मंगलवार १४:२२

मंगलबार विहान ८ बजेबाट गरिएकाे सुर्खेत बन्द फिर्ता भएकाे छ । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीकाे हत्या गरिएको विराेधमा गरिएको सुर्खेत बन्द फिर्ता लिएको युवा संघ सुर्खेतका अध्यक्ष खिमलाल देवकोटाले जानकारी दिए ।

संघले स्थानीय मंगलगढी चाैकमा काेण सभाकाे अायाेजना गरेर बन्द फिर्ता लिएको युवा संघ सुर्खेतका अध्यक्ष देवकाेटाकाे भनाई छ ।

बन्द अाज दिउसाे ३ सम्मलाई गरिए पनि संघले एक घण्टा अगाडि नै फिर्ता लिएको बताएको छ । बन्द फिर्ता भएपछि सुर्खेतको जनजीवन सहज बन्दै गएकाे छ ।