☰ open Loading... 7 September 2024|  

एक हप्तामै निर्वाचन मिति घोषणा हुन्छ : प्रधानमन्त्री दाहाल (भिडियाेसहित)
  | ५ पुष २०७३, मंगलवार १७:३८

सुर्खेत । अवको एक हप्तामै स्थानिय निकायको निर्वाचन मिति घोषणा गर्ने तयारीमा सरकार लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल बताएका छन् । वीरेन्द्रनगरमा मंगलबार पे्रस सेन्टर नेपाल ६ नम्बर प्रदेश कमिटीद्धारा आयोजित पत्रकार भेटघाटमा दाहालले सवै दलहरुसंग छलफल र सहकार्य गरेर मिति घोषणा गर्न लागेको बताएका हुन् ।

pm-parchanda-skt
बैशाखको दोस्रो साताभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारले तिथिमिति सार्वजनिक गर्ने प्रचण्डको भनाई छ । ‘अव चैतमा सम्भव छैन् । निर्वाचन आयोगले तयारी पुग्दैन् भनेकाले बैशाखको पहिलो या दोस्रो हप्ताभित्र निर्वाचन हुने गरी केहि दिनभित्र मिति घोषणा हुन्छ’ उनले भने ।

भिडियाे हेर्नुस् ।

https://www.youtube.com/watch?v=u2ignuv5GrI

तर प्रधानमन्त्री दाहलले भने पुरानै संरचनामा स्थानीय निर्वाचन नहुने ठोकुवा गरेका छन् । उनले अव हुने निर्वाचन स्थानीय तहकै हो । पुरानै संरचनामा निर्वाचनमा जानु भनेको संविधान कार्यान्वयनबाट पछाडि हट्नु भएको उल्लेख गरे । तर यस विषयमा प्रमुख तीन दलका नेताहरुबीच छलफल चलिरहेको दाहालले बताए ।

संविधान अनुसार स्थानीय तहकै निर्वाचन हुने बताएका प्रधमन्त्री दाहालले पुरानै संरचनालाई आधार मानेर निर्वाचन गर्न सहमत भएको कुरामा कुनै सत्यता नभएको प्रष्ट पारे ।

प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावलाई प्रतिपक्षले ठूलै प्रतिष्ठाको विषय बनाउनु गलत भएको टिप्पणि गरे । ‘प्रस्ताव फेल गर्ने भएपनि कम्तीमा संसदमा प्रवेश गर्न दिउँ । तपाईहरुसंग एक तिहाई मत पनि छ । बरु फेल गर्नुस् भनेर एमाले नेताहरुसंग आग्रह गर्दा पनि नमान्नु विडम्वना भएको तर्क प्रधानमन्त्री दाहालको छ ।

प्रधानमन्त्री हिल्सा पुल उद्घाटन गरेर नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत आइपुगेका हुन् । प्रधानमन्त्रीसंग पार्टी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, शक्ति बस्नेत लगायतका नेता सुर्खेत आएका छन् ।