☰ open Loading... 19 September 2024|  

भूमिगत समूहका नाममा आतंक मच्चाउने एक पक्राउ
  | ६ पुष २०७३, बुधबार १६:३५

सुर्खेत । सुर्खेत प्रहरीले भूमिगत समूहका नाममा आतंक मच्चाउने एक जनालाई पक्राउ गरेको छ । समाज सुधार जनता पार्टीको नाममा विभिन्न अपराधिक क्रियाकलापमा आवद्ध भएका वीरेन्द्रनगर १० खजुराका भुवन विकलाई बुधबार प्रहरीले सार्वजनिक गरेको हो ।

bhumigat-samuha

प्रहरीले उनका साथबाट नक्कली पेस्तोल पनि बरामद गरेको छ । विकलाई लेखपराजुलको सत्तरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बहादुर जंग मल्लले जानकारी दिए ।

latter
समाज सुधार  जनता पार्टीका इन्चार्ज सुरविर थापा नाम बताउने नरेश खड्का भने फरार रहेको र उनको खोजी कार्यलाई तिव्रता दिएको डिएसपी मल्लको भनाई छ । उनको वीरेन्द्रनगर नगरपालिकाको तातापानी घर भएको खुलेको प्रहरीले जनाएको छ । यही समूहमा आवद्ध धर्मराज गिरी ६ महिना अघि नै कारागार चलान भइसकेको मल्लले बताए ।

जनता पार्टीको नाममा जुम्ला राेडमा रहेकाे मार्सल जनरल स्टोरको गाडी, महेश्वरी गिरीको घर अगाडी र यरीचौकको मुन्ना जैशवालको कवाडी पसलमा यही समूहले केही समय अगाडी आगजनी गरेको थियो ।

मिटर व्याजमा आवद्ध भएका व्यक्तिहरुले उनीहरुलाई परिचालन गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । ‘वीरेन्द्रनगरमा पछिल्लो समय मिटर व्याजमा रकम फसेपछि यस्तै समूहरु गठन गरेर धम्काउने गरेका छन्’ डिएसपी मल्लले भने,–‘मिटर व्याजमा बढी महिलाहरु सक्रिय भएकाले उनीहरु रोडपतिबाट करोपति र करोडपतिबाट रोडपति भएको अनुसन्धानबाट खुलेको छ ।’

सुर्खेत प्रहरीले जिल्लामा कुनै पनि भूमिगत समूह नभएकाले विचलित नहुने नागरिकलाई आग्रह गरेको छ । ‘प्रहरीलाई सुर्खेती नागरिकलाई अनुरोध गर्दछौं । यहाँ कुनै पनि भूमिगत समूह छैनन् । प्रहरी जनताको शान्ति सुरक्षामा प्रत्याभूति दिलाउन हरबखत तयार छ’ डिएसपी मल्लले भने ।