☰ open Loading... 27 December 2024|  

सिकाइ अनुभाव साट्न जिल्ला भेला
  | ६ पुष २०७३, बुधबार १८:३२

सुर्खेत । नागरिक सचेतना केन्द्रमा रहेर काम गर्दै आएका सुर्खेत जिल्लाका महिला तथा पुरुषहरु आफ्ना सिकाइ अनुभाव आदनप्रादन गर्न वीरेन्द्रनगरमा जम्मा भएका छन् ।

sikai-pgm
जिल्ला विकास समिति अन्तरगत स्थानीय शासन तथा समुदाय विकास कार्यक्रमले सुर्खेतका सवै गाविस र नागरपालिकामा नागरिक सचेतना केन्द्र पठन गरेको छ । त्यही केन्द्रमा आवद्ध एकसय बढी महिला तथा पुरुषहरु बुधबारदेखी वीरेन्द्रनरमा आयोजना भएको दोस्रो नागरिक सचेतना केन्द्रको भेलामा सहभागी छन् ।

भेलामा उनीहरुले जिल्ला स्तरिय नागरिक सचेतना केन्द्र गठन, अनुभव आदान प्रदान, महिला समुह संजालको सफलताका कथाहरु प्रस्तुति, विपन्न वर्गका महिलाहरुको क्षमता अभिवृद्धी, लगायतका विषयमा भेलाले छलफल गर्नेछ ।

जिल्लामा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमद्वारा केन्द्र गठन गरिएको हो । केन्द्रमा सचेतना मुलक कार्यक्रम र नियमित रुपान्तरणिय शिक्षा (रिफ्लेक्ट कक्षा) सञ्चालन लगायतका गतिविधिहरु सञ्चालन हुँदै आएका छन् ।

सुर्खेतमा ९९ वटा नागरिक सचेतना केन्द्र छन् । जिल्ला सामाजिक परिचालन समिति सुर्खेत, र समाज जागरण केन्द्र (स्याक) नेपालको आयोजना तथा युएसएआईडी र कियर नेपालको आर्थिक सहयोगमा बुधबारदेखी जिल्ला भेला शुरु भएको हो ।

उद्घाटन सत्रमा बोल्दै सुर्खेत क्षेत्र नम्बर ३ का सांसद सिता नेपालीले विशेष गरेर महिलाहरुको नेतृत्व विकासका लागी चुलोचौकोमा मात्र सिमित महिलाहरुलाई अगाडि ल्याउन लाग्नुपर्ने बताइन ।

नेपालमा महिलामा सुधार हुँदै गएको भन्दै अझै सुधारका लागी सबै एकजुट हुनुपर्ने तर्क उनको छ । स्थानी विकास अधिकारी अमृत लम्सालले सामाजिक विकासको क्षेत्रमा नागरिक सचेतना केन्द्रको महत्वपुर्ण भुमीका हुने भन्दै सबैलाई सचेत गराउन अझै आवश्यक रहेको बताए । अहिले समाज बदलिदो अवस्थामा केन्द्रले अझै उल्लेख्य काम गर्न सक्नुपर्ने उनको भनाई छ ।