☰ open Loading... 26 July 2024|  

२५ गाविसका लागि नापी र मालपोत
  | ९ पुष २०७३, शनिबार १०:५१

२५ गाविसका सेवाग्राहीलाई सुविधा पु¥याउने उद्देश्यले दैलेखको दुल्लुमा नापी र मालपोत कार्यालय स्थापना गरिएको छ । क्षेत्र नम्वर २ को मुकाम दुल्लुमा जनताको माग बढेपछि नापी तथा मालपोत कार्यालय स्थापना गरिएको हो ।

सातादिन दिन लगाएर सदरमुकाम सेवा लिने गरेका पश्चिम दैलेखका सेवाग्राहीहरु अव दुई दिनमै दुल्लुबाट सेवा पाउनेछन् । कार्यालय स्थापनासंगै छिटो छरिदो रुपमा अव दुल्लुबाट सेवा पाउने छन् ।

राज्यले दिनुपर्ने सेवा सुविधाहरु सहज र पहुँच पुग्ने स्थानमा हुनुपर्ने नीति अनुरुप कार्यालय स्थापना भएको हो । द्धन्द्धकालपछि नापी र मालपोत सेवा सहजरुपमा दुल्लु क्षेत्रका स्थानीयहरुले पाएका हुन् ।

आफुहरुको सेवामा पहुँच बिस्तार भएको र यसले विगतका असुविधाहरु समाधान भएको स्थानीयहरुले बताएका छन् । प्रत्येक गाविसबाट गाडीको पहुँच पुग्ने भएकाले दुल्लुमा २५ गाविसबाट पहुँच प’ग्ने भएकाले जनताहरुले सेवा प्रदानमा सहजता पुग्ने दुल्लुनगरपालिकाका राजेन्द्र अधिकारीले बताए ।

दुल्लुबाट जनताले मालपोत र नापीमा हुने नामसारी, जग्गा पास, तिरो बुझाँउने लगायतका सेवाहरु पाउँनेछन् । आफुहरुले दुल्लुमा काम सुरु गरिसकेको र जनतालाई सहज सेवाका लागि प्रतिबद्ध रहेको मालपोत कार्यालय दुल्लुका कार्यालय प्रमुख शेरबहादुर थापाले बताए ।