☰ open Loading... 3 May 2024|  

धेरै सुन्तला फल्दा खुसी
  | ९ पुष २०७३, शनिबार ११:४५

यो वर्ष दुल्लु नगरपालिका – ५ की सुन्तला किसान अमृता शर्मा निकै खुसी छिन् । घरमुनी रहेको बारीमा रहेका सुन्तलाको बोट घरि हेर्छिन त घरि ब्यापारीहरुसंग किनबेचमै ब्यस्त हुन्र्छिन् । मुल्य पनि सुनजस्तै छ । प्रति केजी ५० रुपैँया खरिद गरेर लैजान्छन् । गाडी लिएर घरमै आएका ब्यापारीहरुलाई गाडी झरेरै पठाउँछिन् । हप्तादिनदेखी उनले सुन्तला विक्रि गर्न सुरु गरेकी हुन् ।

फलेको सुन्तला विगतका वर्षभन्दा यो वर्ष बारीमा सुन्तला धेरै फलेपछि अमृता निकै खुसी भएकी हुन् । अमृता सुन्तलाबाटै दुई लाख बढी पैसा कमाउँछिन् । घरबारीमा रहेको सुन्तला बारीमै ब्यापारी आएर सुन्तला खदिर गर्ने गर्दछन् । मिठो र धेरै सुन्तला फलेपछि अमृता मात्र होईन् दुल्लु क्षेत्रकै किसान खुसी छन् ।

कालभैरवका पदम बहादुर थापा र छिउँडी पुसाकोटका लोकबहादुर खड्काले यो वर्ष ४ लाखको सुन्तला विक्रि गरे । सुन्तलाबाट आम्दानी बढ्न थालेपछि यहाँका किसानहरुले बारीभरी नयाँ सुन्तला लगाएका छन् । łपहिले भन्दा धेरै सुन्तला फल्यो ।’ किसान अमृताले भनिन् आम्दानी पनि राम्रो भयो । सुन्तला लिन बारीमै ब्यापारी आए ।’

जिल्ला कृषि विकास कार्यालयले सुन्तला हुर्काउन र राम्रो फल दिनका लागि किसानहरुमाँझ प्राविधिक सल्लाह दिएको जनाईएको छ । यो वर्ष जिल्लाभरबाट ८ करोडको सुन्तला निकासी हुने जिल्ला कृषि विकास कार्यालयले जनाईएको छ । दुल्लु क्षेत्रमै सुन्तला राम्रो फलेको अगुवा किसान कमल रिजालले बताए । बारीमै आएर ब्यापारीले सुन्तला किसानहरुले तोकेकै मुल्यमा किन्ने गरेका छन् । किसानहरु बोटमै प्रति केजी ५० रुपैँयामा विक्रि गर्ने गरेका छन् ।

यसअघि ४० देखी ४५ रुपैँया प्रति केजी विक्रि गर्ने गरेका थिए । विगतमा बजार नहुँदा सुन्तला बारीमै कुहिने गर्दथ्यो । łविक्रि सस्तो मुल्यमा गर्नुपथ्यो ।’ विगतका अनुभव सम्झदै किसान कमल रिजालले भने, सुन्तलाले बजार पाएसंगै किसानहरुको आर्थिक स्थिती मजबुध भएको छ ।’

img_8622
सुन्तला किसान अमृता शर्मा आफ्नै बगेचामा सुन्तला टिप्दै ।

 

मिठो र राम्रो उत्पादनका लागि सुन्तला गोडमेलदेखी मलजलसम्म कसरी गर्ने भनेर किसानलाई बारीमै पुगेर सिकाईएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत राजु भुजले बताए । łयो वर्ष सुन्तला राम्रो फल्यो ।’ उनले भने, स्याहारसुसार गरेपछि उत्पादन पनि बढेको हो ।’