☰ open Loading... 20 April 2024|  

महोत्सवको रकम सार्वजनिक भएन्
  | १० पुष २०७३, आईतवार १२:२५

slk-mahotsab

महोत्सव समापन समाहरोहमै आर्य–ब्यय तत्काल सार्वजनिक गर्ने उद्घोष गरेको आयोजक उद्योग बाणिज्य संघले एक वर्ष पुग्न लाग्दा समेत सार्वजनिक गरेको छैन् ।

आर्थिक पारदर्शीता महोत्सवको मुल उद्देश्य रहेको बताएको आयोजकले वर्षदिन पुग्न लाग्दा समेत सार्वजनिक नगरेपछि ब्यवसायीहरुले आंशका गरेका हुन् ।

मध्यपश्चिम क्षेत्रिय औद्योगिक, पर्यटन तथा ब्यापार मेला तथा दैलेख महोत्सव २०७३  वैशाख १७ देखी २६ गते सम्म दैलेख सदरमुकामको काडाँचौरमा गरेका थिए ।

आयोजक उद्योग बाणिज्य संघले उद्घोष गरेअनुसार आर्यब्यय सार्वजनिक नगरेपछि ब्यापारी असुन्तुष्ट भएका हुन् । łकति फाईदा भयो । कति घाटा ? अहिलेसम्म कुनै लेखाजोखा नै भएन् ।’ उद्योग बाणिज्य संघकै एक सदस्यले भने, बैठकमा कुरा उठाएपनि सुनुवाई नै हुदैन् ।’

महोत्वसमा उठ्नुपर्ने पैसा नउठ्एकाले आर्यब्यय गर्न नसकिएको दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष शान्तिप्रसाद शर्माले बताए । ’उठ्नुपर्ने र तिनुपर्ने बाँकी रहेकाले सार्वजनिक नभएको हो ।’ अध्यक्ष शर्माले भने, सवै हिसावकिताव भएपछि महोत्सवको आर्यब्यय सार्वजनिक हुन्छ ।’