☰ open Loading... 3 May 2024|  

भिरबाट लडेर मृत्यु
  | ११ पुष २०७३, सोमबार १२:२८

मुगु । मुगु जिल्ला सेरी गाविसमा आइतबार सम्पन्न गाउँ परिषद्मा सहभागी भई घर फर्कंदै गर्दा भिरबाट लडेर एक व्यापारीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार सेरी गाविसको गाउँ परिषद्मा सहभागी भएर सेरी गाविस–६ तेरी गाउँ घर भई जामबजारमा व्यापार गर्दै आएका २७ वर्षीय जन्मजय माथागाई बेलुका ५ बजे घर फर्कंदै गर्दा गाउँ नजिकैको भिरबाट लडी मृत्यु भएको थियो ।

घटनास्थल जिल्ला सदरमुकामबाट एक दिन पैदल दूरीमा रहेको र घटनालगत्तै श्रीकोट प्रहरी चौकीका प्रहरी घटनास्थलमा पुगी मुचुल्का उठाएको प्रहरी कार्यालयले जनाएको छ ।