☰ open Loading... 24 October 2024|  

गौहत्याको विरोधमा मध्यपश्चिम बन्दकाे अाह्वान
  | ११ पुष २०७३, सोमबार १६:५९

सुर्खेत । कैलालीको गोदावरीमा भएको गौहत्याको विरोधमा भोली (मंगलबार) मध्यपश्चिम बन्दको आह्वान गरिएको छ । विभिन्न संघ संगठनले मंगलबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै हिन्दुहरुको आस्थाको प्रतिक गौमाताको नियोजित रुपमा निर्ममता पूर्वक हत्या गरिएकाले बन्द गरिएको उल्लेख छ ।

banda

गोदावरीमा यही पुस ५ गते गाईहरु मारिएको अवस्थामा फेला परेका थिए । हिन्दु जागरण नेपाल, हिन्दु जागरण युवा संघ, राष्ट्रिय प्रजातन्त्र पार्टी र यही पार्टीसंग आवद्ध विद्यार्थी तथा यूवा संगठनहरुले घटनाप्रति भत्र्सना गरेका छन् । गौहत्या घटनाले हिन्दु संस्कार तथा धर्म माथीको षड्न्त्रका रुपमा लिएको विज्ञप्तीमा जनाइएको छ ।

घटनाबारे राज्यले गम्भीर नभएकाले मध्यपश्चिम वन्दको आह्वान गर्नु परेको उनीहरुको भनाई छ । विज्ञप्तीमा उनीहरुले घटनाको उचित छानविन र दोषीलाई कारवाही नगरुञ्जेल कडा रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।