☰ open Loading... 7 September 2024|  

बाँसीमा कृषि मेला प्रर्दशनी
  | १२ पुष २०७३, मंगलवार १३:२३

दैलेख । युवाको सान ः कृषकलाई सम्मान भन्ने मुल नारा सहित ज्वाला युवा संजाल वाँसीको आयोजना कृषी मेला प्रर्दशनी भएको हो । कृषि मेला जिल्ला कृषि विकास कार्यालय दैलेख, गा.वि.स को कार्यालय दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको सहजीकरणमा वांसी गा.वि.स.मा पहिलो वृहत कृषि मेला प्रदशनी कार्यक्रम २०७३ पौष ९ गते वाँसीमा संचालन भएको हो ।

agro-exgibition2
प्रर्दशनीमा कृषक महानुभावहरुले वारीमा फलेका ताजा तरकारी र फलफूल प्रदर्शन गरेका थिए । प्रर्दशनी कार्यक्रमको अध्यक्षता संजालका अध्यक्ष शुभेन्द्र पोखरेलले, प्रमुख अतिथी गा.वि.स सचिव प्रेम बहादुर विष्टले, विशेष अतिथी जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रा.स. रत्न प्रसाद रेग्मी लगायत सम्पूर्ण राजनैतीक दलका प्रमुह एंव प्रतिनिधी, विद्यालय प्रमुख एंव प्रतिनिधी, कृषक, सामाजिक सेवा केन्द्र (सोसेक) कार्यसमिति महासचिव झलक भण्डारी लगायत कर्मचारीहरु बाल संजाल प्रतिनिधी, महिला संजाल प्रतिनिधीहरुको सहभागीता रहेको थियो । कृषक महानुभावहरुलाई कृषि पेशा प्रति प्रोत्साहन गर्नको लागि कृषि मेलाको आयोजना गरिएको हो ।

कृषि मेलामा ४ वटा बाल र युवा क्लवले कृषि चेतनामूलक गित र नृत्य प्रश्तुत गरेका थिए । मेलामा ३९ वटा कृषकको कृषि वस्तु दर्ता भएको थियो ।

मूल्यांकन समितिले गरेको मूल्यांकन वमोजिम प्रथम स्थानमा अम्वीका दाहाल टमाटर प्रदशन गरि प्रथम स्थान, द्दितीय स्थानमा डिल बहादुर नेपाली वन्दा गोपी, तृतीय स्थानमा डम्वर बहादुर वुढा र सान्त्वना स्थानमा दिपक कुमार थापाले प्राप्त गर्नु भएको थियो अतिथीहरुले मन्तव्य दिने क्रममा कृषि व्यवसायलाई अगालेर सम्मानका साथ जानुपर्ने नत्र भने हाम्रो समाजको विकास नहुने कुराहरु औलाएका थिए ।

कृषि व्यवसाय अपनाएर विदेश जाने प्रक्रियोलाइृ न्यूनीकरण गर्नु पर्ने, स्थानीय स्तरमा भएको विउलाई जोगाइराख्ने, रासायनिक मल र विषदीको प्रयोग गर्न नहुने, बाल विवाह गर्दा पर्ने शारीरीक, मानसिक र सामाजिक विकासमा असर पर्ने भएकोले यस्ता विकृतीलाई पनि न्यूनीकरण गर्नुपर्ने कुराहरु औलाइएको थियो ।