☰ open Loading... 7 September 2024|  

निरक्षरलाई साक्षर बनाउने अभियान शुरू
  | १३ पुष २०७३, बुधबार १२:०६

जिल्ला शिक्षा कार्यालय सल्यानले निरन्तर शिक्षा कार्यक्रम अन्तरगत सल्यान जिल्ला भरिका १ हजार ८ सय ३५ जना निरक्षर लाई साक्षर बनाउने अभियान शुरु गरेको छ । अभियान अन्तरगत साक्षर भएकाहरुलाई पनि दैनिक प्रयोगमा आउने गरेका अंग्रेजी शब्दको बारेमा जानकारी, आफ्नाे हस्ताक्षर,  मोबाईल प्रयोग गर्ने तरीका, ई-मेल ईन्टरनेटको प्रयोग गर्न सिकाईने जिल्ला शिक्षा कार्यालयले जानायाे ।

निरन्तर शिक्षा कार्यक्रम अन्तरगत १८ वटा सामुदायिक अध्ययन केन्द्रमा १ सय २२ वटा कक्षा संचालन मार्फत साक्षर बनाउने अभियान थालिएको जिल्ला शिक्षा कार्यालय अन्तरगत संचालित अनौपचारिक शिक्षाका फोकल पर्शन विनोद अधिकारीले जानकारी दिए ।

निरन्तर कक्षा लाई प्रभावकारी ढंगले संचालन गर्नका लागी १ सय २२ जना स्वयसेवकलाई तालीमको आयोजना समेत गरिएको अधिकारीले बताउनु भयो । जस अन्तरगत पुस १७ गते देखी सल्यानको सल्लीबजारमा, पुस १८गते थारमारेमा, पुस २१ गते खलंगा र शितलपाटीमा स्वयंसेवकहरुलाई तालीम दिन लागिएको छ ।

तालीममा स्वयंसेवकले निरन्तर कक्षा संचालनमा सिकाउने सिकाई का बारेमा जानकारी लिने आश्था सामुदायिक अध्ययन केन्द्र खलंगाकी परिचालिका मुना शाहले बताइन । निरन्तर शिक्षा अन्तरगतको कक्षा यही माघ १ गते देखी बैशाख मसान्त सम्म संचालन हुनेछ ।

निरन्तर शिक्षा अन्तरगतको कक्षामा १५ वर्ष देखी ६० वर्ष सम्मका पुर्ण निरक्षर र साशरको सहभागिता रहने छ । प्रत्येक कक्षामा १५ जनाको सहभागिता रहने परिचालिका शाहकाे भनाइ छ ।