☰ open Loading... 26 July 2024|  

एक्लै अगाढी बढ्ने माअाेवादी केन्द्रकाे निष्कर्ष
  | १३ पुष २०७३, बुधबार १२:१६

सत्ताको नेतृत्व कर्ता दल नेकपा माओवादी केन्द्र सत्ता साझेदार नेपाली कांग्रेस, प्रतिपक्ष नेकपा एमाले र मधेसी मोर्चालाई छाडेर फरक ढंगले अगाडी बढ्ने निस्कर्षमा पुुगेको छ ।

maobadi

नयाँ संरचना अनुसार स्थतानिय निकायको चुनाव तत्काल घोषणा गर्ने र संविधान संसोधन विधेयक पनि अघि बढाउने निस्कर्ष माओवादी केन्द्रले निकालेको छ । नेपाली कांग्रेसले पुुरानै संरचना अनुसार चुनावमा जानुपर्ने निर्णय आइतबार मात्रै गरेको छ । प्रतिपक्ष दल नेकपा एमाले संसोधन फिर्ता लिनुपर्ने पक्षमा छ ।

मधेसी मोर्चा संसोधन पारित नभई चुनाव घोषणा गर्न नहुने अडानमा छ । बुधवार बिहान बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले तत्काल नयाँ संरचना अनुसार चुुनाव घोषणा गरेर अघि बढ्ने निस्कर्ष निकालेको हो । एमाले र मधेसी मोर्चासँग छलफल गरेर एक साताभित्रै स्थानीय तहको चुनाव घोषणा गर्ने माओवादीले निर्णय गरेको छ ।

बैठकले संविधान संशोधन विधेयक र निर्वाचनसम्वधी ऐन कानुनलाई पनि अघि बढाउन पहल गर्ने निर्णय भएको प्रवक्ता पम्फा भूूषालले जानकारी दिइन ।

उनका अनुसार एमालेसँग संसोधन प्रस्तावमा सहमति नभए अघि बढ्ने र मधेसी मोर्चाले चुनावमा सहमति नभएपनि चुनाव घोषणा गर्नुपर्ने निचोडमा माओवादी केन्द्र पुुगेको छ ।

‘माओवादी केन्द्रको निर्णय अनुसार नै आज बुधवार बस्ने प्रमुख तीनदलको बैठकमा प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव राख्नेछन् ।

नेपालपाटी