☰ open Loading... 19 September 2024|  

३२ महिनापछि फरार अभियुक्त पक्राउ
  | १३ पुष २०७३, बुधबार १६:५७

सुर्खेत । सुर्खेत प्रहरीले १९ वर्ष कैद सजाय सुनाइएका एक व्यक्तिलाई गएराती पक्राउ गरेको छ । वीरेन्द्रनगर–११ जर्वुटा निवासी २३ वर्षीय खगेन्द्र नेपालीलाई प्रहरीको विशेष टोलीले फरार भएकाे ३२ महिनापछि मध्यराती पक्राउ गरेको हो ।

back-khagendra-nepali

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरिक्षक धु्रव बोहराको नेतृत्वमा गएराती उनी घरमा सुतीरहेको अवस्थामा पक्राउ गरेको थियो ।
साविकको जर्वुटा ४ बस्ने जंगबहादुर रोकायले नेपाली विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेका थिए । नेपालीलाई १९ वर्ष १० महिना २७ दिनको कैद सजायको फैसला जिल्ला अदालत सुर्खेतले गत वर्ष जेठमा गरेको थियो ।

२०७१ साल बैशाख १५ गते नेपालीले जुर्वटा निवासी १४ वर्षीय लिला रोकायलाई विष सेवन गराई हत्या गरेको थिए । उनी सोही घटनादेखी प्रहरीको फरार सूचिमा थिए ।

पक्राउ परेका नेपालीलाई बुधबार अदालतमा पेश गरेर कारागार चलान गरिएको सुर्खेत प्रहरीको विशेष शाखाले जानकारी दिएको छ ।