☰ open Loading... 26 October 2024|  

गाउँभन्दा शहरकाले बनाउँदैनन् मतदाता परिचयपत्र
  | १३ पुष २०७३, बुधबार १७:३४

सुर्खेत । जिल्ला यही पुस १७ गतेदेखी एक महिने फोटोसहितको मतदाता नामावली तथा अध्यावधिक गर्ने अभियान शुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय सुर्खेतले आगामी माघ १७ गतेसम्मका लागी यो अभियान सञ्चालनमा ल्याउन लागेको हो ।

जिल्लाका सम्बन्धित गाँउ विकास समितका कार्यालय वा पायक पर्ने स्थानमा मतदाता नामावली संकलन तथा दाबी बिरोध गर्न पाउने ब्यवस्था गर्न जिल्ला निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकृत सुनिता थापाले जानकारी दिइन् ।

जिल्लामा हालसम्म १ लाख ७९ हजार ४१४ जना मतदातको मात्रै फोटोसहितको मतदाता नामवली दर्ता भएको छ । मतदाता नामवली बनाउनेमा ९२ हजार ८६१ जना महिला र ८६ हजार ५४५ जना पुरुष छन् ।

हालसम्म एक जना तेस्रो लिङगीले मात्रै मतदाता नामवली बनाएको रेकर्ड जिल्ला निर्वाचन कार्यालयसंग छ । ‘सुर्खेतमा झण्डै ६४ हजार नागरिकहरूको मतदाता नामावली संकलन गर्न बाँकी छ’ जिल्ला निर्वाचन अधिकृत थापाले भनिन्,–‘यो संख्यामध्य सवैभन्दा धेरै मतदाता परिचयपत्र नबनाउनेमा वीरेन्द्रनगरका नागरिकहरु बढी छन् ।’

ग्रामिण क्षेत्रभन्दा सहज रुपमा शहरी क्षेत्रमा जानकारी हुने भएपनि वीरेन्द्रनगर नगरपालिकामा बस्नेहरूले नै मतदाता परिचय पत्र बनाउन छुटेको अधिकृत थापाको भनाई छ ।

उनले यो पटकको अभियानले छुटेकालाई समेट्न प्रचासप्रसारमा व्यापकता दिएको उल्लेख गरिन् । जिल्लास्थित राजनीतिक दलहरुले भने विकट गाविसहरुमा नामावली संकलन गर्दा धेरै जना सर्वसाधारणाहरु छुट्ने भएकाले छुटा–छुटै ठाँउमा संकलन केन्द्र तोक्न कार्यालयलाई सुझाव दिएका छन् ।