☰ open Loading... 19 September 2024|  

राजमार्गका होटलका कारण व्यवसाय नै वदनामी : भुजेल
  | १४ पुष २०७३, बिहीबार १७:३६

सुर्खेत । राजमार्गमा सञ्चालनमा रहेका होटलहरुका कारण सिंगो होटल व्यवसायी नै वदनामी बनाएको होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अमृत भुजेलले बताएका छन् । होटल व्यवसायी सुर्खेतको साधारण सभामा सहभागी हुन सुर्खेत आइपुगेका अध्यक्ष भुजलले भने, ‘जति पनि राजमार्गका होटलले रातारात कामाउने नाममा यात्रुलाई सास्ती दिएका छन् यसले व्यवसायी माथि नै ठुलो दाग लगाएको छ ।’

bujhel

राजमार्गमा जथाभावी होटल खोलिनु र अस्वस्थ प्रतिस्पर्धाले यात्रुहरुलाई बासी खाना खुवाउने गरेको धुव्र सत्य भएको अध्यक्ष भुजेलले पत्रकार सम्मेलनमा जानकारी दिए । ‘यसको नियमन गर्ने निकाय सम्वन्धित जिल्ला प्रशासन हो, हामीले कडाइका साथ प्रस्तुत भएर त्यस्ता होटल व्यवासयी सञ्चालकलाई कारवाहीको दायरामा ल्याउन सुझाव पनि दिएका छौं’ भुजेलले भने ।

यस्ता जनगुनासाहरु व्यापक रुपमा आएपछि आफू स्वंयम नै अनुगमनमा गएको बताएका उनले सम्वन्धित निकायलाई तत्काल ठाउँको ठाउँ कारवाही गर्न आग्रह गरेको खुलाए । ‘कतिपय होटल दर्ता विनै सञ्चालनमा छन्, तिनको नियमन गर्ने निकाय सम्वन्धित जिल्ला प्रशासनले हो’ उनले थपे,–’रागमार्गका होटललाई यस्तो कार्यमा संलग्न गराउनमा सम्वन्धित सवारी चालक र सवारी धनी पनि हुन् ।’

राज्यले काठमाडौंको ठमेल, पोखराको लेक साइड र चितवनको सौराह मात्र पर्यटन क्षेत्र भएको विभेदपूर्ण नीतिले अन्य क्षेत्रका होटलहरुले प्रतिफल पाउन नसेकेको उनको भनाई थियो । ‘पर्यटन प्रवद्धन र होटल व्यवसाय एक अर्काका परिपूरक नै हुन’ उनले थपे,–’तर राज्यले यसतर्फ कुनै चासो दिएको छैन । हामीले बारम्बार झकझकाउने काम गरिरहेको छ ।’

व्यवसायीले करौडौं रकम होटल क्षेत्रमा खर्च गरेपनि हालसम्म पनि होटल व्यवसाय सुरक्षित बन्न नसकेको उनको भनाई छ । नेपालमा हालसम्म साना ठुलागरी करिव ६१ हजार होटलहरु सञ्चालनरत र झण्डै ७ लाखले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाएको भुजेलले जानकारी दिए ।

उनका अनुसार होटलमा २० कारोडसम्म लगानी गरेर स्तरिय सेवा सुविधा दिँदै आएपनि राज्यको नजरमा विभेद कायमै रहेको दुखेसो पोखे । ‘राज्यले कम्तीमा हस्पालिटी सेवा सुविधा कसरी दिने भन्ने सीप दिनु पर्ने र सवै क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनु पर्ने हाम्रो माग हो’ उनले थपे ।